- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेका सांसदहरुले पार्टी नेतृत्वसँग एमसीसीमा विषयमा प्रष्ट धारणा दिन भनेका छन् ।
अहिले जारी संसदीय दलको बैठकमा एमाले सांसदहरुले एमसीसीबारे पार्टीको धारणा ‘सरकारमा को छ ?’ भनेर बनाउने भन्दा पनि फाइदा बेफाइदा हेरेर बनाउनु पर्ने बताए । एमाले सांसद राजबहादुर बुढाले एमसीसीको विषय गाउँ तहसम्म पुगिसकेकाले पार्टीले आफ्नो नीति स्पष्ट पार्नु पर्ने बताए ।
‘एमसीसीबारे हाम्रो आधिकारिक धारणा के हो ?, एमसीसीको विषय गाउँ तहसम्म पुगिसकेको छ, सरकारमा को छ भन्ने हेरेर धारणा बनाउने होइन, देशको हीतमा छ छैन भनेर धारणा बनाइनु पर्छ, ठीक हो भने यो कारण भनेर भन्नुपर्यो, बेठीक हो भने यसरी बेठीक भन्नुपर्यो,’ सांसद बुढाले नेतृत्वसँग जिज्ञासा राख्दै भने । सांसद निरुदेवी पालले एमसीसीबारे बुझेर निर्णय लिनुपर्ने बताइन् ।
दलको बैठकमा सांसदहरु विमला विक, जुली महतो लगायतले पनि जनताको भावना अनुसार निणर्य हुनुपर्ने धारणाराखे । बैठकमा सभामुखको भूमिकामाथिसमेत प्रश्न उठेको छ । सांसद शिवमाया तुम्वाहाम्फेले सभामुखले एमाले विभाजनमा सघाएको भन्दै आज बस्ने संसद बैठकमा पहिले सभामुखको नै विरोध गर्नु पर्ने बताइन् ।