arrow

कोरोना अपडेट : १० जनाको मृत्यु, सक्रिय संक्रमितको सङ्ख्या २९ हजारमा झर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
corona-nepal-1618404789.jpg

काठमाडौँ। तीन साता अघि ४० हजार पुगेको कोभिड१९ सक्रिय संक्रमितको सङ्ख्या बुधवार २९ हजारमा झरेको छ । यस्तै पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेको सङ्ख्या समेत पछिल्लो केही दिन यता भन्दा कम हो ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ४० जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ७३ हजार ५  सय २९ जनामा र एन्टिजेन विधिबाट ८६ हजार ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ६१ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ३३ हजार १ सय ६१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या  १० हजार ८ सय ८९ पुगेको छ। पछिल्लो २४ घण्टामा १३ हजार ४ सय ५५ जनाको नमुना परीक्षण गरिएको छ ।

हाल ४ सय ८८ जनाको आइसियु र १ सय ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या २९ हजार ४ सय ७९ जना रहेको छ ।



नयाँ