arrow

सिप्रदीले ल्यायो टाटा गाडीमा हातै खाली नजाने अफर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २४ बिहिबार
sipradi-dashian-offer.jpg

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले यो वर्षको दशैंलाई लक्षित गर्दै चाडपर्वको उत्साहलाई थप प्रगाढ बनाउन ग्राहकहरूका लागि हातै खाली नजाने अफर ल्याएको छ । यस योजना अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद तथा बुकिङ गर्दा ग्राहकहरूले ४ पटकसम्म विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्न सक्न सिप्रदीले जनाएको छ । 

टाटाको ट्रक, टिपर, बस, मिनि ट्रक, मिनि टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा ग्राहकहरूले एसी, वासिङ्ग मेसिन, ल्यापटप, स्मार्ट टि.भी, स्मार्ट फोन, फ्रिज, इएमआई, सर्भिस कुपन, क्यास ब्याक जस्ता आकर्षक उपहारहरू प्राप्त गर्न सक्ने पनि सिप्रदीले जनाएको छ । 

साथै हरेक हप्ताको लक्की ड्र  मार्फत् बुकिङ्ग गर्ने ग्राहकहरुमध्ये एक जना ग्राहकले ४० इन्चको एमआई स्मार्ट टिभी र बम्पर  लक्की ड्र मार्फत् गाडी खरिद गरेका ग्राहकहरु मध्ये ४३  जना ग्राहकहरुले थप उपहार प्राप्त गर्न सक्ने पनि सिप्रदीले विज्ञप्तिमार्फत जनाएको छ । 

सिप्रदी ट्रेडिङ–कमर्सियल भेइकल बिजनेस युनिटका जेनरल म्यानेजर अनुपमणि ढकालका अनुसार सिप्रदी आफ्ना ग्राहकहरुको उत्साहलाई बढाइराख्न र उनीहरुको व्यवसायमा सकारात्मक भूमिका निर्वाह गर्न सदा क्रियाशील रहेको छ । हरेक वर्षझैँ यो वर्ष पनि ग्राहकहरूको तर्फबाट अफरसम्बन्धि  सकारात्मक प्रक्रिया आएको उनले बताए । उनका अनुसार यो योजना असोज १४ गतेसम्म लागू हुनेछ ।

सिप्रदीले विस्तृत जानकारीका लागि पैसा नलाग्ने नम्बर  १६६००१५५७७७ (नेपाल टेलिकमका प्रयोगकर्ताका लागि) र ९८०१५७५७७७ (एनसेलका प्रयोगकर्ताका लागि) मा सम्पर्क गर्न सकिने जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ