arrow

कांग्रेस महाधिवेशन: प्रदेश दुईमा शुरु भएन वडा अधिवेशन, कार्यतालिका प्रभावित हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २४ बिहिबार
congress-14th-general-convention.jpg

धनुषा। नेपाली कांग्रेसको पालिका अधिवेशनको मिति आउन ३ दिन बाँकी रहँदा प्रदेश–२ का कुनै जिल्लामा वडा अधिवेशन सुरु भएको छैन । प्रदेश–२ मा अहिलेसम्म वडा अधिवेशन शून्य भएपछि त्यसपछि हुने सबै निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ ।

कांग्रेसको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवादले प्रदेश–२ मा वडा अधिवेशन अनिश्चित बन्दा निर्वाचन कार्यतालिका प्रभावित हुने भएको हो । प्रदेश २ मा कुनै पनि जिल्लाको क्रियाशील विवाद नटुङ्गिएपछि वडा अधिवेशन हुन नसक्दा प्रदेश २ अधिवेशन शून्य प्रदेश बन्न पुगेको छ ।

प्रदेश–२ मा आजसम्म क्रियाशील सदस्यताको टुङ्गो लाग्न सकेको छैन । क्रियाशील सदस्यता सार्वजनिक नहुँदा अधिवेशन अन्योलमा परेको कांग्रेस धनुषाका युवा नेता एवं जिल्ला सभापतिका प्रत्याशी योगेन्द्र पञ्जियारले बताए ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर तथा निर्वाचन क्षेत्र ४ का सभापतिसमेत रहनुभएका पञ्जियारले भने, “वडा अधिवेशन भदौ २६ र २७ गते हुने चर्चा चले पनि त्यो अब सम्भव छैन, अधिवेशनका लागि क्रियाशील सदस्यताको नै टुङ्गो लागि सकेको छैन ।” त्यसैगरी युवा नेता एवं जिल्ला सभापतिका प्रत्याशी राजकिशोर सिंहले प्रदेश २ मा भदौमा अधिवेशन प्रारम्भ हुने सम्भावना नदेखिएको जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ