नेपालमा आयोजित डब्लुएचओ क्षेत्रीय समिति बैठक सकियो, यस्ता भए निर्णय
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
923
Shares
काठमाडौँ । नेपालमा आयोजित विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को क्षेत्रीय समिति बैठक सकिएको छ। भदौ २१ गतेबाट सुरु भएको बैठक शुक्रवार सकिएको हो।
कोभिड १९ को महामारीका कारण भर्चुअल माध्यमबाट भएको कार्यक्रममा दक्षिण पूर्वी एसिया सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रीहरू, विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक, क्षेत्रीय निर्देशक, सदस्य राष्ट्रका वरिष्ठ स्वास्थ्य अधिकारीलगायत संयुक्त राष्ट्र सङ्घका एजेन्सीहरू, विकास साझेदारहरू, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकको समापन सत्रमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले अध्यक्षता गरेका थिए। यस्तै मन्त्रालयका सचिव डा.रोशन पोखरेले सम्बोधन गरेका थिए।
कार्यक्रममा स्वास्थ्य क्षेत्र मुख्य मुद्दाहरूमा छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आगामी क्षेत्रीय बैठक भुटानमा बस्ने गरी बैठक समापन भएको छ।