arrow

कोरोना संक्रमणबाट गण्डकीमा चार जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
gandaki-province-corona.jpg

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण चार जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पोखरा-१३ का ४१ वर्षीय महिला, कास्कीको अन्नपूर्ण गाउँपालिका-२ का ८६ वर्षीय पुरुष, तनहुँ ब्यास-१४ की ७० वर्षीय महिला र स्याङ्जा भिरकोट-९ का ७२ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ३२७ पुगेको छ ।

२८१ जना कोरोना मुक्त
प्रदेशमा पछिल्लो २४ घण्टामा २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या ८० हजार ४२ पुगेको छ । यसै गरी गण्डकीमा सक्रिय संक्रमितको सङ्ख्या एक हजार ८३० पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

११५ जना थपिए
गण्डकी प्रदेशमा थप ११५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा एक हजार ११ जनाको नमुना परीक्षण गरिएकामा ११५ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ५१ महिला र ६४ जना पुरुष रहेका छन् ।

प्रदेशका पाँच जिल्लामा गरिएको नमुना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।

उनका अनुसार कास्की ८१, स्याङ्जामा चार, म्यादीमा सात, पर्वतमा दुई, गोरखा एक, लमजुङ छ, तनहुँमा नौ र नवलपुरमा पाँच जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या ८३ हजार १९९ पुगेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ