arrow

किन ठुलो स्वरमा बोल्नुको सट्टा सानो स्वरमा बोल्ने ?

अपशब्द बोल्नुको आध्यात्मिक प्रभाव 

logo
अध्यात्म विज्ञान,
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
speak-aloud.jpg

एउटा तथ्य जसले मानिसलाई अलग राख्छ त्यो हो संवाद गर्ने क्षमता । हामी मध्ये धेरै जसो नियमित र दिनभरि कुराकानी गर्छौँ । समयको साथ, व्यक्तिको कुराकानी गर्ने शैली परिवर्तन भएको छ । केही व्यक्ती द्वेषपूर्ण एवं बढाई-चढाई कुरा गर्दछन्। आजकल धेरै मानिसहरू ध्यान आकर्षित गर्नको लागि वा सबैको बिच आफ्नो कुरा राख्नको लागि उच्च स्वरमा कुरा गर्दछन्। सामाजिक सम्पर्कमा गाली दिनु एवं अपशब्दको प्रयोग गर्नु एउटा सामान्य कुरा भइसकेको छ।

हाम्रो आध्यात्मिक अनुसन्धानले यो कुरा दर्साएको छ कि हाम्रो कुराकानी गर्ने शैलीमा आध्यात्मिक स्पन्दनहरूको एउटा समूह हुन्छ, जसले हामीलाई र हाम्रो वरिपरिको व्यक्तिलाई प्रभावित गर्दछ । यो लेखमा हामी उच्च स्वरमा बोल्नुको तुलनामा सानो स्वरमा बोल्दा हुने आध्यात्मिक प्रभाव र अनुचित भाषाको प्रयोग गर्दा हुने प्रभावहरू बुझ्नेछौँ ।

प्राय भाषाहरूमा केही यस्तो शब्दहरू छन्, जसलाई अनुचित मानिन्छ। यसलाई अपशब्द अथवा गाली पनि भनिन्छ र मानिसहरू यसको उपयोग प्रायः भावनाहरू जस्तै क्रोध, निराशा वा आश्चर्य, अथवा सामाजिक ध्यान प्राप्त गर्नको लागि जस्तै अपमान, उत्पीडन वा परिहास व्यक्त गर्नको लागि गर्दछन् । रेकड गरिएको कुराकानीको भर्खरको अध्ययनले यो खुलासा गर्दछ कि प्रतिदिन बोलिने ८० देखि ९० शब्दहरूमा ०.५-०.७ प्रतिशत अपशब्द हुन्छ, जसको उपयोग ०-३.४ प्रतिशत बिच हुन्छ । (सन्दर्भ: जे टी. (२००९): द यूटिलिटी एन्ड यूबीक्यूटी अफ टेबल वर्ड्स)

आध्यात्मिक परिप्रेक्ष्यबाट, अपशब्द पछिको सामान्य उद्देश्य जस्तै ध्यान आकर्षित गर्ने अथवा नकारात्मक भावनालाई व्यक्त गर्ने, यसले हामीलाई ईश्वर भन्दा टाढा मायातर्फ लैजान्छ । यसको साथ, हाम्रो आध्यात्मिक अनुसन्धानले यो दर्साउँछ कि अपशब्दले स्वयं कष्टदायक शक्तिलाई आकर्षित गर्दछ । ठिक त्यही प्रकार जुन प्रकार ईश्वरको नामलेदिव्य स्पन्दनलाई आकर्षित गर्दछ, अपशब्दले आध्यात्मिक रूपमा नकारात्मक स्पन्दनलाई आकर्षित गर्दछ । यसको अर्थ यो हो कि उद्देश्यहीन उच्चारणले पनि यसको आध्यात्मिक रूपमा नकारात्मक प्रभाव पार्दछ ।

तल हामीले सूक्ष्म प्रभाव देखाउने जागृत छैटौँ इन्द्रियद्वारा युक्त श्रीमती योयावालेद्वारा प्राप्त सूक्ष्म ज्ञानमा आधारित चित्र साझा गरेका छौँ । सूक्ष्म ज्ञानमा आधारित यो चित्रलाई प्रकाशन गर्नु भन्दा पूर्व परम पूजनीय डा. आठवलेज्यूद्वाराजाँच गरिएको छ ।

श्रीमती योया वालेद्वारा बनाएको सूक्ष्म ज्ञानमा आधारित चित्र जसमा गाली गर्दा हुने सूक्ष्म-प्रभावको परि शुद्धता ८०% देखाउँछ, जुन औसत सूक्ष्म या क्लेरवयंट कलाकारको क्षमता भन्दा धेरै माथि छ ।

अपशब्द बोल्नुको आध्यात्मिक प्रभाव र किन ठूलो स्वरमा बोल्नुको सट्टा सानो स्वरमा बाल्ने

योयाले अनुभव गरेको र साथ-साथै सूक्ष्म-ज्ञानमा आधारित चित्रको वर्णन निम्न प्रकार छ ।
गाली दिने समयमा अहम् सक्रिय हुन्छ ।
गाली दिने शब्दहरूको तरङ्ग र आकर्षण शक्तिको स्पन्दनले कष्टदायक शक्ति आकर्षित गर्दछ ।
अन्तर्मन (चित्त) मा कष्टदायक शक्तिको वलय कार्यरत हुन्छ ।
अहम् एवं मनको स्तरमा भएको दोषको कारण कष्टदायक शक्तिको प्रवाह अनाहत चक्र तर्फ एवं विचारको कारण आज्ञा चक्र तर्फ हुन्छ ।
कष्टदायक शक्तिको प्रवाह व्यक्तिबाट वातावरणतर्फ प्रवाहित हुन्छ जसले वातावरणलाई आध्यात्मिक रूपमा दूषित बनाउँछ ।
आध्यात्मिक स्तरमा हुने नकारात्मक प्रभावले हामीलाई मानसिक अथवा शारीरिक स्तरमा प्रभावित गर्न सक्छ । उदाहरणको लागि, कसैलाई अधिक नकारात्मक विचार आउने अथवा वाकवाकी लाग्न सक्छ ।

योयाले उल्लेख गरेको अर्को बुँदा हो, गाली गर्दा प्रयोग हुने शब्दहरूमा स्वार्थ, असमान्न, देखावा आदि दोषहरूको कारण ईश्वरसँग कुनै सम्बन्ध हुँदैन । कसम खाने व्यक्तिलाई पाप लाग्छ र उनको अहंमा अझै वृद्धि हुन सक्छ । अतः अपशब्दको प्रयोगबाट बचन विशेष रूपमा सुझाव दिइन्छ ।

५ मे २०१४, सोमवार रुसमा एउटा कानुनमा हस्ताक्षर गरियो जसमा चलचित्र, सङ्गीत एवं सार्वजनिक प्रदर्शनहरूमा अपशब्द माथि प्रतिबन्ध लगाइयो । स्पष्ट किताबहरू र सिडीहरूलाई बन्द प्याकेटमा चेतावनीको साथ बेच्नु पर्छ जसमा लेखिएको हुनुपर्छ “यसमा अश्लील भाषा छ,” CNN को रिपोर्ट । कानुन अपराध गर्ने सङ्गठनलाई १,४०० डलर सम्म एवं व्यक्तिलाई ७० डलर सम्म जुर्माना हुनेछ । अपराध दोहराउनेलाई भारी आर्थिक दण्ड (steeper fines) एवं व्यवसाय ३-महिनासम्म निलम्बन सामना गर्नु पर्ने हुन्छ । अश्लीलता सम्बन्धी विशेषज्ञको एउटा समूह कानुनको विशेष निर्णय लिँदै यो बुझाउने छन् कि कुन शब्दहरू क्रेमलिनको “भाषा संस्कृतिको रक्षण एवं विकास” घोषित लक्ष्यलाई हानि पुर्‍याउन सक्छ ।-टाइम डट कम एवं सीएनएन

उच्च स्वरमा बोल्दा हुने प्रभावमा आध्यात्मिक अनुसन्धान
कसैको ध्यान आकर्षित गर्ने प्रयासमा अथवा विवाद गर्दा उच्च स्वरमा बोल्न सक्छ । अन्य व्यक्तिको ध्यान आकर्षित गर्नु अहंको सूचक हो एवं विवाद गर्नाले हाम्रो मनमा यसले नकारात्मक प्रतिक्रियाहरूलाई बढ़ाउदछ । अहम् एवं नकारात्मक प्रतिक्रियाहरू दुवैले हामीलाई ईश्वरबाट टाढा मायातर्फ लैजान्छ । यसले आध्यात्मिक रूपमा नकारात्मक स्पन्दन उत्पन्न गर्दछ ।

यसले अनिष्ट शक्ति (भूत, प्रेत, दानव, दैत्य राक्षस इत्यादि) को लागि ठुलो स्वरमा बोल्दा हामीलाई प्रभावित गर्न सजिलो हुन्छ । जो व्यक्ति स्वाभाविक रूपमा उच्च स्वरमा बोल्दा उनी आध्यात्मिक कष्ट प्रति अति संवेदनशील हुन्छ ।

तल हामीले श्रीमती योया वालेद्वारा प्राप्त सूक्ष्म-ज्ञान प्रस्तुत गरेका छौँ जहाँ उच्च स्वरमा बोल्दा हुने सूक्ष्म प्रभाव देखाएका छौँ ।

अनाहत चक्रमा भावनाको वलय निर्माण हुन्छ । व्यक्तिको चारैतर्फ कालो शक्तिको आवरण निर्माण हुन्छ किनकि उच्च स्वरमा बोल्नु अहंको लक्षण हो ।

व्यक्तिको मुखको चारैतर्फ कालो शक्तिको वलय निर्माण हुन्छ र कालो शक्तिको प्रवाह अनाहत चक्रबाट मुखतर्फ हुन थाल्छ ।
कालो शक्तिको कण र सक्रिय शक्ति व्यक्तिको मुखबाट वातावरणमा प्रक्षेपित हुन्छ ।अन्य प्रति अपेक्षा बढ्नुको कारण व्यक्तिबाट अहंको तरङ्गहरू पनि प्रक्षेपित हुन्छ ।
संक्षेपमा, उच्च स्वरमा बोल्नाले आध्यात्मिक रूपबाट हानिकारक प्रभाव पर्दछ । अतः उच्च स्वरले नबोल्न परामर्श दिइन्छ । जुन व्यक्तिलाई टिकसँग सुनाई दिँदैन (hearing disability), उनी स्वाभाविक रूपमा उच्च स्वरमा बोल्दछ । उनीहरूसँग कुरा गर्ने व्यक्ति पनि उच्च स्वरमा बोल्दछ जसले गर्दा राम्रोसँग सुन्न नसक्ने व्यक्तिले टिकसँग सुन्न सक्छ । यस्तो परिस्थितिमा कुनै पनि आध्यात्मिक हानिकारक प्रभाव हुँदैन ।

सानो स्वरमा बोल्दा हुने प्रभावमा आध्यात्मिक अनुसन्धान
यसको विपरीत सानो स्वारमा कुरा गर्दा सुन्ने अभिवृत्ति, विनम्रता एवं अन्तर्मुखता जस्ता आध्यात्मिक रूपले अनुकूल गुणहरू विकसित हुन्छ । अन्तर्मुखी भन्नाले हाम्रो तात्पर्य अन्तर्मनलाई हेर्ने, ईश्वरसँग एकरूप हुन प्रयास गर्ने एवं मनमा यो लक्ष्यलाई धारण गर्दै आफ्नो सबै कर्मलाई गर्नु हो । यो गुणहरूले हामीलाई ईश्वरको निकट ल्याउँछ एवं हाम्रो साधनामा सहायता पनि मिल्छ । अतः यसले आध्यात्मिक रूपमा सकारात्मक स्पन्दनहरू उत्पन्न गर्दछ ।

स्वाभाविक रूपमा नरम तरिकाले (सानो स्वारमा) बोल्दा साधनामा सहायता हुनुको साथै अनिष्ट शक्तिको आक्रमणबाट पनि हाम्रो रक्षण हुन्छ । यस्तो बोली सुन्नेहरूलाई पनि मधुर लाग्दछन् ।

तल हामीले श्रीमती योया वालेलाई प्राप्त सूक्ष्म ज्ञानमा आधारित चित्र जसमा नरम तरिकाले बोल्दा हुने सूक्ष्म प्रभाव साझा गरेका छौँ । सूक्ष्म-ज्ञानमा आधारित यो रेखाचित्रको शुद्धता ८०% सम्म छ ।

अपशब्द बोल्नुको आध्यात्मिक प्रभाव र किन ठूलो स्वरमा बोल्नुको सट्टा सानो स्वरमा बाल्ने

योयाले अनुभव गरेको र साथ-साथै सूक्ष्म-ज्ञानमा आधारित चित्रको वर्णन निम्न प्रकार छ ।
विनम्र भएर बोल्दा (सानो स्वरमा बोल्दा) अरूको बारे सोच्ने र अरूको सम्मान गर्नुको कारण अहम् कम हुन्छ ।
आज्ञा चक्रमा भावनाको स्पन्दन न्यून अनुपातमा निर्माण हुन्छ एवं सामान्य गतिमा कुरा गरिरहेको व्यक्तिबाट केही तरङ्गहरू र कणको शक्ति प्रक्षेपित हुन्छ ।
प्रमुख कार्यकारी शक्ति चैतन्य हुन्छ । चैतन्यको स्पन्दन मुखबाट वातावरणमा प्रक्षेपित हुन्छ ।
व्यक्तिको चारैतर्फ चैतन्यको सुरक्षा कवच पनि निर्माण हुन्छ । आज्ञा चक्रमा पनि चैतन्य उत्पन्न र सक्रिय हुन्छ ।
हामीलाई प्राप्त हुने आध्यात्मिक लाभको कारण विनम्र भएर बोल्ने सुझाव दिन्छौँ ।

सानो स्वरमा किन बोल्ने-आध्यात्मिक आयाममा गरिएको प्रयोग
हामी तपाईँहरूलाई सूक्ष्म-प्रयोग गर्न प्रोत्साहित गर्दछौँ ताकि तपाईँहरूले प्रत्यक्ष सानो स्वरमा कुरा गर्नुको फाइदाहरू अनुभव गर्न सक्नुहुनेछ । कृपया केही क्षणको लागि नाम जप गर्नुहोस् र त्यसपछि केही समयको लागि नरमरुपले विनम्रतासँग बोल्नुहोस् । तपाईँलाई कस्तो अनुभव हुन्छ लेख्नुहोस् र त्यसपछि १-२ मिनेट फेरि नाम जप गर्नुहोस् र केही समय उच्च स्वरमा बोल्नुहोस् र कस्तो अनुभव हुन्छ लेख्नुहोस् । यो प्रयोग गर्नाले, उच्च स्वरमा बोल्नुको सट्टा नरमरुपमा बोल्दा सूक्ष्म आयाम के हुन्छ, यो अनुभव गर्न सक्नु हुन्छ ।

 तुलना-अपशब्द बोल्दा, उच्च स्वरमा बोल्दा र सानो स्वरमा बोल्दा हुने सूक्ष्म परिणाम

तलको तालिकामा अपशब्दको प्रयोग, उच्च स्वरमा बोल्ने र सानो स्वरमा बोल्ने, यसको तुलना दिएको छ ।
गाली दिने अथवा अपशब्दको प्रयोग गर्ने उच्च स्वरमा बोल्ने नरमरुपले बोल्ने

तलको तालिकामा अपशब्दको प्रयोग, उच्च स्वरमा बोल्ने र सानो स्वरमा बोल्ने, यसको तुलना दिएको छ ।

  गाली दिने अथवा अपशब्दको प्रयोग गर्ने उच्च स्वरमा बोल्ने नरमरुपले बोल्ने
१. सकारात्मक ऊर्जा/शक्ति १ अ. चैतन्य (Chaitanya) २.३
  १ आ. शक्ति (Shakti)
२. नकारात्मक ऊर्जा/शक्ति २ अ. अहं
  २ आ. भावना २.५ १.२
  २ इ. आकर्षण शक्ति
  २ र्इ. कष्ट २.८
३. स्वभाव (वृत्ति) (Vrutti) बहिर्मुखी बहिर्मुखी अन्तर्मुखी
४. प्रभाव ४ अ. स्वयं माथि भावना एवं अहंमा वृद्धि अशान्ति एवं मनको अस्थिरतामा वृद्धि हुन्छ शारीरिक (टिप्पणी १) एवं मानसिक रूपले शान्ति अनुभव गर्ने
  ४ आ. अन्य माथि मन दुख्छ, त्यसैले अस्थिर हुन्छ अशांति एवं मन की अस्थिरता में वृद्धि कुनै नकारात्मक प्रभाव हुँदैन
  ४ इ. वातावरण माथि रज-तम एवं नकारात्मकतामा वृद्धि हुने
५. यसबाट हामीलाई पाप लाग्न सक्छ ? लाग्छ लाग्छ लाग्छ

टिप्पणी १– नरम एवं शान्तिपूर्वक बोल्नाले शरीरको प्रत्येक क्रिया, उदाहरणको लागि, शारीरिक गतिविधि, मुखमण्डलको हावभाव शान्त (स्थिर) हुन्छ ।

निष्कर्ष
यदि कोही नरमरुपले बोल्दछ एवं अपशब्दको प्रयोग गर्दैन तब यसले हामीलाई एवं हाम्रो वरपर रहने मानिसहरू अधिक सत्त्व प्रधान हुनमा सहायता गर्दछ । निरन्तर साधना जस्तै नाम जपबाट हाम्रो चारैतर्फ आध्यात्मिक सुरक्षा कवच निर्माण हुन्छ जसले सूक्ष्म जग तको हानिकारक तत्त्वहरू जस्तै उदाहरणको लागि अन्य व्यक्ति उच्च स्वरमा बोल्ने अथवा अपशब्दको प्रयोगबाट उत्पन्न दुष्परिणामबाट हाम्रो रक्षा हुन्छ ।

निरन्तर साधना गर्नाले, हाम्रो छैटौँ ज्ञानेन्द्रिय विकसित हुन्छ एवं के सात्त्विक, के तामसिक यस बारे हामी अन्तर मनबाट बुझ्न सक्छौँ । यसले सात्त्विक छनौटहरू गर्न सजिलो बनाउँदछ जसरी सानो स्वरमा बोल्नुको महत्त्व बुझ्छौँ ।

इमेल : hjsnepal@gmail.com

वेवसाइट:  स्पिरिच्युअल साइन्स रिसर्च फाउन्डेसन (एसएसआरएफ)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ