arrow

शिक्षक शिक्षिकाको कुटाइबाट विद्यार्थीको हात भाँचियो

logo
निरंजन कुमार साह
प्रकाशित २०७८ भदौ २६ शनिबार
swastik-bording.jpg

जनकपुरधाम । धनुषामा बोर्डिङ्ग स्कूलका शिक्षिका र शिक्षकको कुटाइबाट एक विद्यार्थीको हात भाँचिएका छ । जनकपुरधाम उपमहानगरपालिका–४ बसहिया रोडमा रहेको स्वस्तिक इङ्ग्लिस बोर्डिङ्ग स्कूलका सिद्धार्थ ठाकुरमाथि निर्घात कुटपिट गर्दा हात भाँचिएको परिवारको दाबी छ ।

शिक्षिका शोभा साह र शिक्षक रब्बानी हुसैनले कक्षा ४ मा अध्ययनरत १२ बर्षीय ठाकुरमाथि निर्घात कुटपिट गरेको र कुटपिटबाट हात भाँचिएको बताइएको छ । कुटाइबाट गम्भीर चोट लागेका बालक ठाकुरको विद्यालय नजिकैको औषधि पसलमा सामान्य उपचारपछि हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.रामविनय चौधरीसँग थप उपचार गराइएको थियो ।

ठाकुरका पिता जितेन्द्र ठाकुर सोनारले आफ्नो छोराले गृहकार्य नगरेको भन्दै साह र हुसैनले वाइरिङ्ग गर्ने पाइपले पिट्दा हात भाँचिएको बताए । स्कुलमा यसरी अमानवीय तरिकाले विद्यार्थीलाई कुटपिट गर्नु कानूनी र सामाजिक अपराध रहेको उनले बताए ।

विद्यार्थीका अभिभावकले स्कुलको अबिलम्ब दर्ता खारेज र कुटपिट गर्ने शिक्षकमाथि कारबाही तथा उपचार खर्च उपलब्ध गराउन माग गरे ।बालक ठाकुरलाई कुटपिट गर्ने शिक्षिका विद्यालयका प्रधानाध्यापक श्याम सुन्दर साहाकी पत्नी हुन् ।

यस सम्बन्धमा स्कुलका प्रधानाध्यापक श्याम सुन्दर साहले विद्यार्थीले गृहकार्य नगरेकोले शिक्षकले सामान्य कुटपिट गर्दा संयोगवश विद्यार्थीको हात भाँचेको प्रतिक्रिया दिए । उनले सबै उपचार खर्च तिर्न विद्यालय तयार रहेको जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ