arrow

किन सुटुक्क जलायो स्वास्थ्य कार्यालयले ३० लाख आइरन चक्की ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २७ आइतबार
iran-chakki-jalaudai.jpg
तस्वीर–स्वास्थ्य सेवा कार्यालय जाजरकोटले सुटुक्क जलाएको आइरन चक्की, रासस ।

जाजरकोट । स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले म्याद नाघेको भन्दै रातारात तीन दिनअघि ३० लाख आइरन चक्की जलाएछि स्वास्थ्य संस्था आक्रोशित भएका छन् । 

साउन महिनामा आइरन चक्की स्वास्थ्य संस्थालाई उपलब्ध नगराइ भदौको मध्यतिर सरोकारवाला निकायलाई जानकारी नदिएर आइरन चक्की जलाएपछि बिबाद चुलिएको छ । 

नष्ट गर्दा सरोकारवाला सबैको उपस्थितिमा मुचुल्का उठाउनुपर्नेमा त्यो पनि नगरेर कार्यालयले मापदण्ड मिचेको भन्दै आलोचना भइरहेको छ । 

देशभर आइरन चक्की निःशुल्क विवतरण हुने गर्दछ । तर म्याद हुन्जेलसम्म पालिकाकाका स्वास्थ्य संस्थालाई नदिने अनि म्याद गुज्रिएपछि सुटुक्क नष्ट गर्ने स्वास्थ्य सेवा कार्यालयको क्रियाकलापले थुप्रै आशंका उब्जाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ