arrow

खटियो नेपाल–चीन सीमा अध्ययन टोली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २७ आइतबार
nepal-china-border-study-te.jpg

सिमकोट । नेपाल–चीनबीचको सीमा विवादको अध्ययन गर्ने टोली खटिएको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा टोली सिमकोट पुगेको छ । 

सात जनाको टोलीलाई हुम्ला प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायले शनिबार स्वागत गरेका छन् ।

नेपाल–चीनबीच विवाद हुँदै आएको हुम्लाको उत्तरी नाकाको सीमा अध्ययनका लागि गठन गरिएको अध्ययन टोली शनिबार जिल्लाको सिमकोट पुगेको हो । 

टोलीले चीनसँग जोडिएका हुम्लाका १५ वटा सीमास्तभमध्ये १३ वटा सीमास्तम्भको अध्ययन गर्ने बताइएको छ । मौसमले साथ दिएमा १५ वटै स्तम्भको अध्ययन गरिने तर मौसमले साथ नदिएमा १३ वटा मात्रै स्तम्भको अध्ययन गरिने प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिए ।

गत वर्ष हुम्लाको नाम्खा गाउँपालिका–६ लिमिको लोलुङजोङमा चीनले निर्माण गरेका भवन नेपाली भूमिमा भएको खबर सार्वजनिक भएपछि पहिलो पटक सरकारी टोली स्थलगत अध्ययनका लागि हुम्ला पुगेको थियो ।

तर तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले चीनले बनाएका संरचना उसकै भूमिमा परेको र नेपालको सीमा नमिचिएको दाबी गरेको थियो ।

ओली सरकारको निर्णयमा असहमति जनाउँदै वर्तमान शेरबहादुर देउवा सरकारले यही भदौ १७ गते हुम्लाको नाम्खा गाउँपालिकाको लिमी र आसपासका क्षेत्रमा चीनले सीमाना मिचेको विषयमा स्थलगत अध्ययन गर्न समिति बनाएपछि गृह मन्त्रालयका सहसचिव आचार्यको नेतृत्वमा समितिले अध्ययन थालेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ