arrow

विपी प्रतिष्ठानमा भइरहेको आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २७ आइतबार
health_ministry_1617956882.JPG

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलन फिर्ता लिन आग्रह गरेकोछ ।

मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै आन्दोलनले उठाएका कुराहरु सम्बोधन गर्न मन्त्रालय गम्भीर तरिकाले लागि परेको समेत बताएको छ ।

आन्दोलनरत पक्षले उठाएका धेरै कुराको सम्बोधन भइसकेको र थप केही विषयहरु अध्ययन अनसन्धानका क्रममा रहेको भन्दै मन्त्रालयले आन्दोलनका कारण अवरुद्ध भएका सेवा सञ्चालन हुन दिन माग गरेको हो ।

मन्त्रालयले २५ प्रतिशत सिनेटरले हस्ताक्षर गरी विभिन्न पदाधिकारीमाथि छाविन गरी कारवाही प्रक्रिया अघि बढाएको जानकारी दिएको छ । यस्तै चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्ने प्रयास भइरहेको समेत जानकारी दिएको छ ।

यस्तो छ मन्त्रालयको विज्ञप्ती :



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ