arrow

निष्कर्षविहीन सत्ता गठबन्धनको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २७ आइतबार
sattarud-dal.jpg

काठमाडौं । आइतबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ ।

विशेषत मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे बसेको बैठकमा मन्त्रालय भागबन्डाका विषयमा छलफल भएपनि ठोस सहमति जुट्न नसकेको वालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तारबारे बृहत छलफल भएको छ साथै संसदमा देखिएको गतिरोध अन्त्य गर्नेबारे पनि छलफल भएको छ ।

बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने सहभागी भएनन् । बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी अध्यक्ष दुर्गा पौडेल, नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।

शुक्रबार प्रधानमन्त्री देउवाले सत्तारुढ दललाई मन्त्रीमण्डलमा पठाउने नाम मागेका थिए । तर कुन दलले कुन मन्त्रालय लिनेबारे ठोस सहमति भइसकेको छैन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ