arrow

हजार भन्दा तल झर्‍यो कोरोना सङ्क्रमण, १३ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २७ आइतबार
corona-nepal-1618404789.jpg

काठमाडौँ। पछिल्लो २४ घण्टामा नयाँ थपिने कोभिड १९ सङ्क्रमितको सङ्ख्या हजार भन्दा तल झरेको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर केही कम हुँदै गएको देखिन्छ ।

पछिल्लो २४ घण्टामा ९ सय ११ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ७७ हजार १ सय ६३ जनामा र एन्टिजेन विधिबाट ८६ हजार ६ सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय २३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ३९ हजार ४ सय ५७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या  १० हजार ९ सय ४९ पुगेको छ। पछिल्लो २४ घण्टामा ११ हजार १८ जनाको नमुना परीक्षण गरिएको छ ।

हाल ४ सय ५४ जनाको आइसियु र १ सय ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ७  सय ५७ जना रहेको छ ।



नयाँ