- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इजरेल रोजगारीमा जान चाहने नेपालीहरुको लागि भाषा परीक्षा सोमबार हुँदैछ । इजरेलले नेपालबाट एक हजार कामदार लैजाने तयारी गरेको छ । जस अनुसार सोमबार भाषा परीक्षा हुन लागेको हो ।
जसका कारण एक हजारको कोटा भए पनि सात हजारले परीक्षा दिन लागेका छन् । जसमा ३ हजार ७२७ पुरुष र ३ हजार २८२ महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
परीक्षाका लागि नौ हजारले आवेदन दिएका थिए । तर दुई हजार आवेदन मापदण्ड नपुगेको भन्दै अस्वीकृत भएका थिए ।
भाषा परीक्षाका लागि काठमाडौका ११ स्थानमा परीक्षा केन्द्र तोकिएको छ । सोमबार दिउँसो १ बजे भाषा परीक्षा शुरु हुनेछ । भाषा परीक्षा शुरु हुनु तीन घन्टाअघि नै तोकिएको परीक्षा केन्द्रमा पुग्नुपर्नेछ ।
विभागले भाषा परीक्षाको नतिजा दुई दिनभित्रै कम्युटरको माध्यमबाट परीक्षण गरी सार्वजनिक गर्ने बताएको छ ।
भाषा परीक्षाको नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तर्वार्ता गरी अन्तिम नामावली प्रकाशित गरिने छ ।
वैदेशिक रोजगारीका लागि नेपाली कामदारको रोजाइमा इजरेल आकर्षक मुलुकमा पर्ने गर्दछ ।