arrow

एमसीसीबारे अर्थविज्ञ र राजनीतिक दलसँग अनौपचारिक छलफल गर्दै प्रधानमन्त्री 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २८ सोमबार
ser-badhu-deuba.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा अर्थ विज्ञ र राजनीतिक दलका नेताहरुसँग अनौपचारिक छलफल शुरु गरेका छन् ।

प्रधानमन्त्री देउवाले गठवन्धन आबद्ध दलका शीर्ष नेतासहित विपक्षी दलका नेताहरु र अर्थ विज्ञहरुसँग एमसीसी परियोजना अघि बढाउने विषयमा अनौपचारिक संवाद थालेका हुन् ।

‘प्रधानमन्त्री ज्युले अनौपचारिक रुपमा एमसीसीका विषयमा गठवन्धन आबद्ध दलका नेता र विपक्षी दलका नेतासहित अर्थ विज्ञहरुसँग छलफल गरिरहनु भएको छ, अनौपचारिक छलफलमा प्राप्त सुझाव अनुसार एमसीसीका विषयमा निणर्य हुन्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।

यसअघि गत विहीबार र शुक्रबार भएका पाँच दलीय गठवन्धनको बैठकमासमेत प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाका विषयमा राय मागेका थिए । कांग्रेस नेता मीन विश्वकर्माले एमसीसीको विषयलाई दफावार छलफल गरेर टुंगाइनु पर्ने बताए ।

‘एमसीसीका विषयमा दफावार छलफल हुनु पर्छ, पोका देखाएर यसमा यो छ भनेर अनुमान गरेर हुँदैन, बृहत छलफल गरिनु पर्छ, प्रधानमन्त्री पनि मन्त्रीपरिषद् विस्तारपछि एमसीसीमा टुंगोमा पुग्ने गरी अघि बढ्नु भएको छ,’ विश्वकर्माले थपे ।

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स सहितको टोलीसँग प्रधानमन्त्री देउवाले गत शुक्रबार भेटवार्ता गरेका थिए । सो क्रममा उनले आफू सबै राजनीतिक दलसँगको संवादबाट एमसीसीमा निश्कर्षमा पुगने भनेका थिए ।

एमसीसी उपाध्यक्ष सुमार नेतृत्वको टोलीलदे प्राय सबै दलका शीर्ष नेतासँग भेट गरेको थियो । सो टोली नेपाल आएसँगै सत्तारुढ दलमाथि एमसीसीका विषयमा निणर्य गर्न दबाब बढ्दै आएको छ ।

प्रधानमन्त्री देउवाले एमसीसी बारे कोकोसँग परामर्श गरे भन्ने बारे भने केही खुलाइएको छैन । तर पहिले अनौपचारिक छलफल गर्ने र त्यसपछि मात्रै औपचारिकतामा प्रवेश गर्ने प्रधानमन्त्री देउवाको तयारी रहेको स्रोतले जनाएको हो । त्यसका लागि उनले प्रमुख विपक्षी दलका नेताहरुसँग कुराकानी गर्नका लागि आफ्ना विश्वासपात्रहरुलाई समेत खटाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ