arrow

सभामुखले बोलाएको सर्वदलीय बैठक शुरुः प्रधानामन्त्री पुगे, ओली गएनन्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २८ सोमबार
speaker-multi-party-meeting.jpg

काठमाडौं । संसद संचालनका विषयमा छलफल गर्न सभामुखले डाकेको सर्वदलीय बैठक शुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेले निरन्तर संसद बैठक अबरुद्ध गर्दै अघि बढेपछि संसद सुचारु गर्न भन्दै सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठक संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा भर्खरै शुरु भएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी भएका छन् ।

यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीकासचिव प्रेम सुवाल र कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत बैठकमा सहभागी छन् ।

बैठकलाई एमालेले भने बहिष्कार गर्ने निणर्य गरिसकेको छ  । एमाले विभाजनमा सभामुखले सघाएको र पार्टीले कारवाही गरेका १४ जना सांसदबारेको सुचना टाँस नगरिदिएको भन्दै एमाले सभामुखसँग रुष्ट रहँदै आइरहेको छ ।

सोही कारण एमालेले २३ भदौबाट सुरु भएको प्रतिनिधि सभाको बैठक निरन्तर अबरुद्ध गर्दै आइरहेको छ । एमालेले १४ सांसदलाई कारबाही गरिएको सूचना टाँस गरेपछि मात्रै छलफलमा बस्न सकिने र त्यसपछि संसद् चल्न सक्ने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ