arrow

कोरोना अपडेट : १,४८६ संक्रमित थपिए, १,२६० निको भए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २८ सोमबार
corona-nepal-1618404789.jpg

काठमाडौं। पछिल्लो २४ घण्टामा १ हजार ४ सय ८६  जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ७८ हजार ३ सय १२ जनामा र एन्टिजेन विधिबाट ८७ हजार ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ६० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ४० हजार ७ सय १७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या  १० हजार ९ सय ६५ पुगेको छ। पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ३९ जनाको नमुना परीक्षण गरिएको छ ।

हाल ४ सय ७५ जनाको आइसियु र १ सय ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ६ सय ३० जना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ