arrow

नेपाल भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप सुदृढ बनाइने

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ भदौ २८ सोमबार
india-nepal-meet.JPG

जनकपुरधाम । भारतको विहार सीमावर्ती क्षेत्रको ग्राम पञ्चायतमा सेप्टेम्बर २९ तारिखबाट हुन लागेको चुनावलाई दृष्टिगत गरेर चुनाव हुनु भन्दा ४८ घण्टा अगाडी नेपाल भारतको सीमा नाका शील गर्ने निर्णय भएको छ । 

नेपाल भारतको सुरक्षा अधिकारीहरूको जनकपुरधाममा सोमबार सम्पन्न भएको संयुक्त बैठकले नेपाल भारतको सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णय गरेको हो ।

खास गरेर नेपाली सुरक्षा अधिकारीहरूले सीमावर्ती भारतीय क्षेत्रबाट नेपाल तर्फ ड्रग्सको सप्लाई बढेको र नेपालमा अपराध गरेर भारतीय क्षेत्रमा लुकेर बस्ने गरेको विषयमा भारतीय सुरक्षा अधिकारीको ध्यानाकर्षण गराएका थिए। ११ चरणमा हुन लागेको चुनावलाई निष्पक्ष, तटस्थ तथा धाँधलीरहित बनाउनका लागि नेपालबाट पूर्ण सहयोग हुने विश्वास नेपाली सुरक्षा पक्षबाट गराइएको छ।
 
भारतीय पक्षले नेपाली सुरक्षा अधिकारीबाट हुँदै आएको सहयोगको उच्च प्रशंसा गरेका थिए।  साथै बैठकमा अवैध सामान ओसारपसारमा थप सुरक्षा सतर्कता अपनाउने विषयमा दुवै देशका सुरक्षा अधिकारीहरू सहमत भएका छन् ।

बैठकमा धनुषा, महोत्तरी, सिराहा तथा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, नेपाल प्रहरीका प्रहरी उपरीक्षकहरू, सशस्त्र प्रहरी उपरीक्षक हर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू तथा भारतका तर्फबाट विहारका दरभंगाका डिभिजन कमिस्नर डा. मनिष कुमार, मधुबन्नी जिल्लाका डि एम अमित कुमार, मधुबन्नीका प्रहरी उपरीक्षक सत्यप्रकाश, एसएसबिका प्रमुख सहितका सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ