arrow

अवरोधको निरन्तरता

बस्दै प्रतिनिधि सभाः एमालेको रणनीति संसद चल्न नदिने, गठबन्धन एकढिक्का हुन सकेन  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
parliament_of_nepal.png
तस्वीर–फाइल ।

काठमाडौं । संसदको नवौं अधिवेशन अन्तर्गत मंगलबार प्रतिनिधिसभाको चौथो बैठक बस्दैछ । गत हप्ताको बुधबारदेखि एक एक दिन बिराउँदै बसिरहेको बैठक अन्तर्गत मंगलबार दिउँसो १ बजेलाई बैठक डाकिएको छ । बैठक सहज रुपले अगाडि चल्न भने सकेको छैन । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरुद्ध गर्दै आएको छ । एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले टाँस्नुपर्ने माग गर्दै आएको छ । 

उसले कारबाहीको सूचना नटाँस्ने हो भने सभामुखबाट राजीनामा दिन पनि भनेको छ । तर सभामुख सापकोटाले यसअघि नै निर्वाचन आयोगले कारबाही गरिएका भनिएका १४ सांसदलाई नेकपा एकीकृत समाजवादी दल खोल्न मान्यता दिइसकेकाले आफूले कारबाही गर्नु नपर्ने बताइसकेका छन् । 

संसद बैठक निरन्तर अवरोध हुँदा भने विभिन्न विधेयकहरु पास हुन सकेका छैनन् । संसदले बिजनेशसमेत पाएको छैन । मंगलबारको बैठकमा समेत अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव राख्ने कार्यसूची रहेको छ । 

संसदको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले सोमबार डाकेको सर्वदलीय बैठकमा एमाले सहभागी नै भएन । एमालेले उक्त बैठक बहिस्कार गर्यो । 

यो बहिस्कारलाई एमालेले विरोधकै रुपमा लिएको छ । यही विरोधबाटै संसद चल्न नदिने रणनीति एमालेको हो । 

सत्ता गठबन्धन पनि सशक्त भएर उभिन सकेका छैनन् । उनीहरुबीच नै विभिन्न विषयमा मतभेद भएको स्पष्टै हुन्छ । गठबन्धनकै बलमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढले पनि गठबन्धनले सरकार गठनको दुई महिना बित्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन । 

यसबाट गठबन्धनसमेत एकढिक्का हुन नसकेको स्पष्टै देखिन्छ । 

भनिन्छ संसद प्रतिपक्षीको बोल्ने थलो हो । तर प्रमुख प्रतिपक्षी एमाले नै संसद चल्न नदिने रणनीतिमा लागेपछि जनताप्रतिको उत्तरदायीबाट सांसदहरु पन्छिन खोजेका त हैनन् ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ