- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । प्रदेश नम्बर २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादवले दोस्रो र तेस्रो मुलुकबाट आउने विज्ञहरु भन्दा नेपालीहरु नै माटोको लागि अनुभवी र विज्ञ भएकाले आफ्नो अनुभवको पूर्ण सदुपयोग गर्न सुझाव दिएका छन् ।
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय जनकपुर मातहतका कार्यालय प्रमुखहरुको अन्तरक्रियामा बोल्दै मन्त्री यादवले स्थानीय स्तरमा किसानहरुलाई प्राविधिक सहयोग गर्न सक्दा प्रदेशले नै कृषि क्षेत्रमा फड्को मार्ने निश्चित रहेको दाबी गरे । कार्यालय प्रमुखहरुले कर्मचारीहरुलाई अनुशासित बनाउन कडा कदम उठाउनु परेपनि पछि नपर्न निर्देशन दिए ।
अनुशासनले कर्मचारीप्रति विश्वास बढ्ने र प्रदेशलाई विकासतर्फ डोर्याउने उनको धारणा थियो । मातहतका ११ वटा कार्यालयका प्रमुखहरुको सहभागिता रहेको कार्यक्रममा प्रस्तुत भएको गुनासोपत्र माथि टिप्पणी गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले केही कर्मचारीहरुले सरकारी कर्मचारीहरुलाई कार्यालय प्रमुखहरुले व्यक्तिगत काममा खटाएको गुनासाहरु विगत केही दिन यतादेखि आईरहेकोप्रति दुःख व्यक्त गरे ।
कार्यालय प्रमुख अथवा अन्य कुनै कर्मचारीले मातहतका कर्मचारीलाई कार्यालयको काम बाहेक कुनैपनि नीजि काममा खटाइएको पाइएमा मन्त्रालयले कारवाही गर्ने चेतावनी समेत राज्यमन्त्री यादवले दिए । कार्यक्रमको अध्यक्षता पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय प्रदेश नम्बर २ का प्रमुख जागेश्वर यादवले गरेका थिए ।