arrow

दक्षिण कोरियाले गुगललाई तोक्यो २० अर्बभन्दा बढी जरिवाना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
google-hq.jpg

काठमाडौँ । दक्षिण कोरियाको एन्टीट्रस्ट नियामकले गुगलको मुख्य अभिभावक कम्पनी अल्फाबेट इंकलाई ठुलो २० अर्ब नेपाली रुपैयाँ भन्दा बढी जरिवाना तोको छ ।

गुगलले एन्ड्रोइड अपरेटिङ सिस्टमको कस्टुमाइज्ड भर्जन ब्लक गरेको भन्दै दक्षिण कोरियाले गुगलमाथि १७ करोड ६६ लाख ४० हजार अमेरिकी डलर जरिवाना तोकेको हो ।

स्मार्टफोन उत्पादकहरूमाथि गुगलले आफ्नै अपरेटिङ सिस्टम एन्ड्रोइड नै प्रयोग गराउन खोजेको आरोप छ । यस्तै डेभलपरहरुलाई नयाँ गेमहरू प्लेस्टोरमा मात्रै रिलिज गर्न भनेर समेत गुगलले दबाब सिर्जना गरिरहेको आरोप छ ।

दक्षिण कोरियाले दुई दिन अघि मात्रै दूरसञ्चार व्यापार ऐन संशोधन गरेको छ । जस अनुसार प्ले स्टोरमा गुगले आफ्नै पेमेन्ट सिस्टम प्रयोग गर्न डेभलपरलाई बाध्य पार्न सक्ने छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ