arrow

कोरोना अपडेट : १,५६२ सङ्क्रमित थपिए, १,५८९ निको भए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
corona-nepal-1618404789.jpg

काठमाडौँ। पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६२  जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ७९ हजार ४ सय ९२ जनामा र एन्टिजेन विधिबाट ८७ हजार ४ सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ८९ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ४२ हजार ३ सय ६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या  १० हजार ९ सय ८४ पुगेको छ। पछिल्लो २४ घण्टामा १४ हजार ४ सय ४३ जनाको नमुना परीक्षण गरिएको छ ।

हाल ४ सय ५३ जनाको आइसियु र १ सय ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार २ सय २ जना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ