- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पहिरोले अवरुद्ध बनेको मुग्लिन–नौबिसे सडक खण्ड खुलेको छ । पहिलो पन्छाएपछि सडक बिहान खुलेको हो ।
मंगलबार राति २ बजे पृथ्वीराजमार्गको चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।
बुधबार बिहान पहिरो पन्छाएपछि सडक खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो खसेपछि सयौं सवारी अड्किएका थिए ।