arrow

राप्रपा कास्कीको अध्यक्षमा नारायण गुरुङ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
naryan-gurung.jpg

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कास्कीको अध्यक्षमा नारायण गुरुङ निर्वाचित भएका छन् ।

पार्टीको पोखरामा सम्पन्न एकता अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

समितिका अन्य पदाधिकारी एवं सदस्य अध्यक्षले मनोनित गरी कार्यसमितिलाई पूर्णता दिने बताइएको छ । 

गुरुङले यसअघि पार्टीको केन्द्रीय सदस्य भएर भूमिका निर्वाह गरिसकेका छन् । 

पोखरा महानगरपालिका वडा नं. १३ वीपी मार्ग निवासी गुरुङ पोखरा उपमहानगरपालिका वडा नं १३ का पूर्वअध्यक्ष हुन् ।

उनी गोर्खा दक्षिणबाहु चौथो पदकबाटसमेत विभूषित भएका थिए । 

विभिन्न सामाजिक गतिविधिमासमेत सक्रिय उनले पार्टीको अध्यक्ष निर्वाचित भएसंगै देश र जनताको हित हुने काम गर्ने प्रतिवद्वता जनाएका छन् ।



नयाँ