arrow

ताप्लेजुङमा कोरोना संक्रमण दरमा कमी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
corona-variant.jpg

ताप्लेजुङ । पछिल्लो समय जिल्लामा कोभिड-१९ संक्रमण दर घट्दै गएको छ । हाल जिल्लामा सक्रिय संक्रमित १०० भन्दा कम छन् । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार पछिल्ला दिनमा संक्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छन् । 

कोरोना विरुद्धको खोप, लामो समयसम्म जारी गरिएको निषेधाज्ञा र जनस्वास्थ्य मापदण्डका कारण संक्रमणको दर घट्दै गएको उनको भनाइ छ । 

मङ्गलबारसम्म जिल्लाभर पिसिआर र एन्टिजेन परीक्षणबाट दुई हजार ४८७ मा कोरोना संक्रमण पुष्टि भएको छ भने निको हुनेको सङ्ख्या दुई हजार ३०० बढी छन् । 

यसैगरी जिल्लाभर ३४ हजार ८१५ ले कोभिड विरुद्धको पूर्ण खोप लगाइसकेका छन् भने पहिलो डोज मात्र लगाउनेको सङ्ख्या ३८ हजार ६७४ पुगेको छ । अहिले पनि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाउने कार्यक्रम जारी छ ।

संक्रमणको दर घटेसँगै गएको सोमबारदेखि निषेधाज्ञा हटाइएको छ । यस्तै पाथीभरा मन्दिरलाईसमेत खुलाइने तयारी भएको छ । तत्काल बैठक बसी दर्शनार्थीका लागि मन्दिर खुला गर्ने तयारी भएको प्रजिअ पाण्डेको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ