arrow

राष्ट्रिय जनगणना २०७८

देशभर जनगणना सुरु : ८ हजार सुपरिवेक्षक खटिए, झन्डै ४० हजार गणक छनौटको तयारी

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७८ भदौ ३० बुधबार
census-2078_nepal.jpg

काठमाडौं । कोभिड-१९को महामारीका कारण स्थगित राष्ट्रिय जनगणना पुनः सञ्चालन भएको छ । मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जनगणना अभियान भदौ अन्तिममा सुरु गरेर मङ्सिर अन्तिम सम्म सक्ने निर्णय गरेको हो ।

सोही अनुसार भदौ २७ र २८ मा सुपरिवेक्षक तालिम सम्पन्न भएको छ । देशभरबाट छनौट भएका करिब आठ हजार सुपरिवेक्षकहरू अहिले भएर कार्य स्थलमा खटिएका छन्। .

आज अर्थात् भदौ ३० देखिसुपरिवेक्षकहरूले घर तथा परिवार सूचीकरण कार्य सुरु गरेको केन्द्रीय तथ्याङ्क विभागका सूचना अधिकारी तीर्थ राज चौलागाइले बताए । उनका अनुसार असोज १८ गतेसम्म घर तथा परिवार सूचीकरण कार्य सम्पन्न हुनेछ। 

यस्तै झन्डै ४० हजार गणक कार्तिक ९ देखि ११ गतेभित्र छनौट गरिसक्ने तयारी विभागकाे छ । यीनै गणकहरूले मूल गणाना कार्य सुरू गर्ने छन् ।

गणक छनौट भइसकेपछि कार्तिक १३ गतेदेखि १६ गतेसम्म गणक तालिम सञ्चालन हुनेछ । गणक तालिम सम्पन्न भएको दोस्रो सातादेखि मूल गणना कार्य सुरु हुने भएको हो ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार कार्तिक २५ गतेदेखि मसिंर ९ गतेसम्म मूल गणना हुनेछ । मूल गणना कार्तिक २५ देखि देशभर एकै पटक सुरु हुने विभागका सूचना अधिकारी चौलागाइले बताए । 

विभागका अनुसार काेभिड-१९काे महामारीले झनै विकराल रूप नलिएकाे अवस्थामा मसिंर ९ मा जनगणना सम्पन्न हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ