arrow

गण्डकी : १२५ मा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
gandaki-province-corona.jpg

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२५ जना संक्रमित थपिएका छन् । यस अवधिमा ९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । 

पछिल्ला २४ घण्टामा तनहुँको भिमाद नगरपालिका-८ का ५३ वर्षीय पुरुष र स्याङ्जाको वालिङ नगरपालिका-१ का ८४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए। 

यीसँगै प्रदेशमा कोरोना संक्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३३५ जना पुगेको छ । प्रदेशमा सक्रिय संक्रमितको सङ्ख्या एक हजार ७१२ जना छ भने होम आइसोलेसनमा एक हजार ५१७ जना रहेको निर्देशनालयले जनाएको छ । 

प्रदेशमा हालसम्म तीन लाख २४ हजार ३६१ जनाको कोरोना परीक्षण गरिएको छ भने ८३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये हालसम्म ८० हजार ८९१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ