arrow

सुकुम्वासीको नाममा फेरि अर्को आयोग गठन 

सरकारद्वारा राष्ट्रिय भूमि आयोग गठन, अध्यक्षमा केशव निरौला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
nahendra-khadka.JPG

काठमाडौँ । सरकारको नेतृत्व फेरिने बित्तिकै सुकुम्वासी आयोग विघटन भएको छ । सरकारले नयाँ सुकुम्वासी आयोग गठन गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको हो । भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनक जोशीले राष्ट्रिय भूमि आयोग गठन गरिएको बताए । सरकारले आयोगको अध्यक्ष र उपाध्यक्षसमेत नियुक्त गरेको छ ।

आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा नहेन्द्र खड्कालाई नियुक्त गरिएको छ । निरौला यसअघि नेपाली काँग्रेस निकट नेपाल शिक्षक सङ्घका अध्यक्षसमेत थिए । उपाध्यक्ष खड्का भने माओवादी केन्द्र निकट हुन् । उनी यसअघि माओवादी केन्द्र निकट किसान सङ्घमा आवद्ध थिए । 

प्रधानमन्त्री देउवाले विभागीय मन्त्रीको हैसियतबाट बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोगका अध्यक्ष निरौलालाई शपथ खुवाएका थिए । अध्यक्षले शपथ खाएपछि उनले उपाध्यक्ष खड्कालाई शपथ खुवाएका थिए । 

तत्कालीन केपी शर्मा ओली नेतृत्व सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेको थियो । उक्त आयोगलाई देउवा सरकारले विघटन गरेको थियो । सुकुम्वासीको नाममा अहिलेसम्म एक दर्जनभन्दा बढी आयोग गठन भइसकेका छन् । तर सुकुम्वासीको समस्या समाधान हुन सकेको छैन ।

ओली नेतृत्व सरकारले केन्द्र र ७७ वटै जिल्लामा सुकुम्वासी आयोग गठन गरेर आफ्ना कार्यकर्ता भरेको थियो । यतिसम्म कि सुकुम्वासी समस्या नै नभएका मनाङ, डोल्पा, हुम्लाजस्ता जिल्लामा पनि ओली सरकारले सुकुम्वासी आयोग गठन गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ