arrow

अष्टलक्ष्मी शाक्यले गरेको माधव नेपालको प्रशंसा केपी ओलीलाई चित्त बुझेन

माधव नेपाल फेरी किन चाहियो, पार्टी फुटाउन ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
astalaxmi-shakya.JPG
फाइल तस्विर।

काठमाडौं। अष्टलक्ष्मी शाक्यले एमाले काठमाडौं जिल्ला कमिटीको आयोजनामा भएको कार्यकर्ता भेलामा माधव नेपालको प्रशंसा गरेकोनेकपा एमालेका अध्यक्ष केपी शर्माओलीलाई चित्त बुझेन। उनले माधव नेपाललाई एमालेमा फर्किन आग्रह समेत गरेकी थिइन्। शाक्यले गरेको प्रशंसाको जवाफमा नेपालले एमाले माथि हमला गरेको ओलीले आफ्नो बोल्ने क्रममा बताए। 

ओलीले माधव नेपालको पार्टीमा अब आवश्यकता नभएको बताएका छन्। आज एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलाका क्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेता नेपाललाई एमालेमै फर्कन गरेको आग्रह प्रति लक्षित गर्दै ओलीले ‘माधव नेपाल फेरी किन चाहियो, पार्टी फुटाउन ?’ भन्दै प्रश्न गरेका हुन्। 

ओलीले एमालेमा रहँदा माधव नेपालले पार्टी भित्र गुटबन्दी मात्र गरेको र आफ्नै पार्टीको सरकारको खिलाफमा लागेको बताए । नेपालले एमालेमाथि हमला गरेको ओलीको आरोप थियो । 

ओली अघि कार्यक्रमलाई सम्बोधन गरेकी शाक्यले भने नेपालले एमाले पार्टी बनाउनका लागि योगदान दिएको भन्दै उनको प्रशंसा गरेकी थिइन् । ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिसमेत व्यङ्ग्य गर्दै प्रचण्ड ‘उडेको जहाज’ जस्तै बिलाउँदै गएको बताए  ।

सो क्रममा उनले माओवादीका कार्यकर्तालाई एमाले र माओवादीबीच एकता भएर नेकपा बनेको र धेरै नेता एमालेमै रहेको भन्दै एमालेमै फर्कन आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ