arrow

धनुषाको एक औषधि पसलमा भेटियो कोरोना विरुद्धको खोप 

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
corona-vaccine.JPG

जनकपुरधाम । धनुषाको एक निजी औषधि पसलमा कोरोना विरुद्धको खोप फेला परेको छ । शहीद नगर नगरपालिका यदुकोहास्थित श्रीराम मेडिकलमा बिक्री गर्न राखेको ४ थान भेरोसेल, १ थान जोन्सन एन्ड जोन्सन र १ थान अस्ट्राजेनेकाको खोप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका धनुषाले जानकारी दिएको छ। 

शहीद नगर नगरपालिकाको सुशासन समिति र प्रहरीले गरेको संयुक्त अनुगमनका क्रममा उक्त खोप औषधि पसलबाट बरामद गरिएको हो खोप फेला परेपछि श्रीराम मेडिकलका सञ्चालक कमलेश मण्डल पक्राउ परेका छन्।

 मण्डललाई पक्राउ गरेर सोधपुछ गर्दा उनले स्वास्थ्यकर्मी देवशरण यादवले नै बेच्न दिएको बताएपछि ती स्वास्थ्यकर्मीलाई पनि नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको प्रहरी स्रोतले जानकारी दिएको छ। स्वास्थ्यकर्मी यादव यदुकोहा स्वास्थ्य चौकीको अस्थायी कर्मचारी हुन् ।
फेला परेकामध्ये भेरोसेलका १ भाइल तथा अस्ट्राजेनेकाको भाइल खुलेको पाइएको प्रहरीले जानकारी दियो। 

प्रहरीका अनुसार हामीले म्याद गुज्रेका औषधि हेर्ने बहानामा तीन वटा औषधि पसलमा अनुगमन गर्‍यौँ तर कोरोना विरुद्धको खोप बेच्न राखेको पूर्व सूचनाको आधारमा हेर्दा मण्डलको पसलमा फेला परेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय यदुकोहाबाट जिल्ला प्रहरी कार्यालय धनुषा राखिएको र थप अनुसन्धान भइरहेको धनुषा का प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ