arrow

भारतीय दूतावासले पाक्षिक हिन्दी कार्यक्रमको आयोजना गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
hindi.jpg

काठमाडौं । भारतीय राजदूतावास, काठमाडौंले २०७८ भाद्र २९ देखि असोज १२ सम्म‘आजादीका अमृत महोत्सव’को कार्यक्रमको रुपमा पाक्षिक हिन्दी कार्यक्रमको आयोजना गरिरहेको छ ।

हालै आयोजना गरिएको ‘भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाले गरेको प्रगति’ विषयक अन्तरियामार्फत महोत्सवको शुभारम्भ भएको छ । पाक्षिक हिन्दी कार्यक्रमलाई भारत र विदेशमा हिन्दी दिवसको रुपमा मनाउने गरिन्छ ।

कार्यक्रममा भारत र नेपालका ३२ जना हिन्दी भाषा विज्ञको सहभागिता थियो । कार्यक्रममा भारतको आगरास्थित केन्द्रीय हिन्दी संस्थानका उपाध्यक्ष अनिल शर्मा प्रमुख अतिथिको रुपमा सरिक थिए ।

भारतका हिन्दी भाषा विज्ञ डा. विजय कुमार मलहोत्रा पनि सहभागी थिए भने नेपालबाट त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका प्रमुख डा.सञ्जित बर्मा र  दिग्गज हिन्दी साहित्यकार डा राम दयाल राकेश कार्यक्रममा सहभागि थिए ।

सहभागीहरुले हिन्दी भाषाको प्रयोगलाई नेपालमा र विश्वव्यापी रुपमा कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेबारे आ-आफ्ना विचार प्रस्तुत गरे । संस्कृत, हिन्दी र नेपाली भाषा परिपूर्ण भएको उल्लेख गर्दै भाषा विज्ञहरुले यी भाषाहरुको सांस्कृतिक एवम् ऐतिहासिक पृष्ठभूमि एउटै भएकाले यी भाषाहरुबीच अनोन्याश्रित सम्बन्ध रहेको चर्चा गरे । सोही अवसरमा भारतका गृहमन्त्री अमित शाह र विदेशमन्त्री डा.एस जयशंकरले दिएको सन्देश सुनाइएको थियो ।

दूतावासमा कार्यरत भारतीय अधिकारीले “राजभाषा प्रतिज्ञा” लिई हिन्दीलाई आधिकारिक भाषाको रुपमा संरक्षण र प्रवद्र्घन गर्ने प्रतिबद्घता व्यक्त गरेका थिए । उक्त पाक्षिक हिन्दी उत्सव अन्तर्गत दूतावासले भदौ २९ देखि असोज १२ सम्म श्रृंखलाबद्ध रुपमा विभिन्न कार्यक्रम र प्रतियोगिताको आयोजना गर्नेछ ।

सन् १९४९ सेप्टेम्बर १४ मा भारतको संविधान सभाले हिन्दी भाषालाई भारतको आधिकारिक भाषाको रुपमा स्थापित गरेको ऐतिहासिक दिनको सम्झना गर्न प्रत्येक वर्ष भारतभर र विदेशमा हिन्दी दिवस मनाउने गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ