arrow

बर्दियामा बँदेललाई थापेको पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २ शनिबार
death-1618215084.jpg

नेपालगन्ज । बर्दियामा बँदेललाई थापेको विद्युतीय पासोमा परेर तीन जनाको मृत्यु भएको छ । गएराति करिब १० बजेतिर ठाकुरबाबा नगरपालिकामा एकै परिवारका तीन जनाको बँदेल मार्न राखेको करेन्टको पासोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्टको पासोमा परेर ठाकुरबाबा नगरपालिका ३ गोदानाका ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको मृत्यु भएको हो इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

सुरुमा एक जनालाई करेन्ट लागेपछि बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेको बताइएको छ । बँदेललाई पासो थाप्ने स्थानीय ८३ वर्षीय राजबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ