arrow

असोज ४ गतेदेखि कोरोनाविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २ शनिबार
khop2.jpg

काठमाडौं । सरकारले असोज ४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले काठमाडौंले एक सूचना जारी गर्दै जिल्लाका १४५ खोप केन्द्रबाट असोज ४ देखि ६ गतेसम्म तोकिएका केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

असोज ४ गतेबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका सबै पालिकालाई पत्रचार समेत गरेको जनाएको छ । भेरोसेलको पहिलो मात्रा लगाएका र २१ दिन पुगेकालाई दोस्रो मात्रा लगाउन लागिएको हो ।

काठमाडौं जिल्लाका ११ वटै पालिकाका यसअघि सञ्चालनमा रहेका खोप केन्द्रमा खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार खोप लगाउनका लागि केन्द्रहरु निर्धारण गरिएको छ । सरकारले शुक्रबार मात्र चीनबाट ४४ लाख मात्रा भेरोसेल खोप नेपाल ल्याएको थियो ।

काठमाडौं महानगरपालिकामा ३२, कीर्तिपुरमा १०, चन्द्रागिरिमा १५, नागार्जुनमा १०, तारकेश्वर ११, दक्षिणकालीमा नौ, बूढानीलकण्ठमा १३, टोखामा ११ तथा गोकर्णेश्वर, शङ्करापुर र वागेश्वरी मनहरामा नौ/नौ खोप केन्द्र तोकिएका छन् ।
खोप केन्द्रहरु
नेपाल प्रहरी अस्पताल महाराजगन्ज
सशस्त्र पहरी बल अस्पताल, बलम्बु 
वीर अस्पताल, रत्नपार्क
शिक्षण अस्पताल, महाराजगन्ज 
निजामती कर्मचारी अस्पताल, बानेश्वर 
परोपकार प्रसूती तथा स्त्रीरोग अस्पताल, थापाथली
वीरेन्द्र अस्पताल, छाउनी



नयाँ