arrow

भारतीय परनिर्भरता हटाउँदै जैविक काउली खेती

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1833896390.jpeg
यादव आचार्य । बर्दिया । भारतले नेपालमा अघोषित नाकावन्दी गरिरहँदा बर्दियाको गुलरिया नगरपालिका स्थित वेचैपुर गाउँमा गरिएको जैविक काउली खेतीले भने भारतिय तरकारीको परनिर्भरता हटाएको छ ।गाउँमै थारु समुदायका महिला तथा पुरुषहरु जैविक तरकारी उत्पादन गर्न थालेपछि जिल्लाका विभिन्न हाटबजार लगायत तरकारी पसलहरुमा आउने विषादी युक्त भारतीय तरकारीहरुलाई विस्थापित गर्दै बर्दिया जिल्ला तरकारीमा आत्मनिर्भर बनेको हो ।
 
पहिले पहिले भारतीय उत्पादनको तरकारीले बर्दियाको बजार ढाकेपनि हिजोआज जिल्लामै जैविक तरकारी उत्पादन हुन थालेपछि बर्दियाका स्थानियहरु स्वस्थ तथा ताजा तरकारी तर्फ आर्कषित भएका हुन् । गुलरिया नगरपालिका बेचैपुरकी कृषक जानकी थारुले दैनिक प्रति क्विन्टल ४ हजार रुपैयाको तरकारी वेच्ने गरेको वताईन् । तरकारी खेतीमा विषादी प्रयोग नगरेका कारण ग्राहक तथा खुद्रा व्यापारीहरु जैविक तरकारी खरिदका लागि आर्कषित हुने गरेका छन् उनले थपिन् । 
 
तरकारी खेती गर्न थालेपछि आमदानीको श्रोत वढेको उनले वताईन् । विगतमा मकै, गहुँ लगायतको खेतीले वर्ष दिनलाई पनि खान नपुगेको वताउँदै तरकारी खेती गर्न थालेपछि आर्थिक स्तर पनि वढेको अनुभव उनले सुनाईन् । काउली लगायत करेला, वोडी, भिन्डी, फर्सीको खेती पनि राम्रो हुने उनी वताउँछिन् ।
 
बेचैपुरका अर्का किसान नन्दलाल थारु परिवारै मिलेर तरकारी खेतीमा लागेको वताए । उनले ८-१० क्विन्टल धान हुने ५ कट्ठा वारीबाट हजारौ आमदानी भएको वताए । गाउँमा धेरै परिवारले तरकारी खेती गर्ने गरेको वताउँदै जैविक तरकारीको अझ महत्व भएको सुनाए ।भारतीय बजारबाट आउने विषादी युक्त तरकारीलाई बर्दियाको तरकारीले विस्थापित गरेको उनको वुझाई छ । उपभोक्ताहरुले तरकारी खरिद गर्दा कहाँको उत्पादन र गोवरमलको प्रयोग भएको तरकारी होकी होईन भनी सोधेर मात्र खरिद गर्न उनले सुझाव दिएका छन् । स्वदेशी र गाउँकै उत्पादलाई प्राथमिकता दिए जिल्लामै आयआर्जन हुने र परनिर्भरताको अन्त्य हुने उनको वुझाई छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ