arrow

डा. शेखर कोइरालाको शुभकामना 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३ आइतबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौं । नेपालको संविधान सातौं वर्षमा प्रवेश गरेको अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले शुभकामना सन्देश दिएका छन् । उनले सामाजिक संजालमार्फत लेखेका छन्, ‘नेपालको संविधान सातौं वर्षमा प्रवेश गरेको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाईमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । साथै आजको उत्सवमय क्षणमा यो संविधान निर्माण तथा उपलब्धताका लागि जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्धा अर्पण गर्दछु ।’

उनले २०७२ सालमा आएको नेपालको संविधानपछि मुलुकले पाएको सफलता र गणतन्त्र सुनिश्चित र संस्थागत भएको प्रसङ्ग जोड्दै लेखेका छन्, ‘विद्यमान संविधानमार्फत मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित र संस्थागत भएको छ । यस अतिरिक्त संविधानले जनताका नैसर्गिक अधिकारहरुलाई प्रत्याभूत गर्दै सबै वर्ग, क्षेत्र र समुदायको विविधता र विशेषताका समग्र आयामहरुको सुरक्षा प्रदान गर्दै जनतालाई नै शासन  सत्ताको केन्द्रमा राखेको छ भने लोकतन्त्रको आधारभूत मान्यताहरुको जगमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिको लागि मार्ग प्रशस्त गरेको छ ।’  

उनले संविधानबारे थप लेखेका छन्, ‘संविधान आफैमा गतिशील दस्तावेज हो । यस प्रसंगमा विद्यमान संविधानले नेपाली जनताको अनुभवबाट मुलुकको बृहतर हितलाई  केन्द्रमा राखेर  समयानुकूल परिष्कृत र विकसित गर्न सकिने आधार निर्माण गरेको छ । अन्त्यमा, आजको पावन दिनले हामी नेपालीलाई राष्ट्रनिर्माणको समग्र प्रक्रियामा भावनात्मक एकताले जोडेको छ । र, संविधानमा आएका र आउन सक्ने कठिनाई तथा चुनौतीहरुलाई साझा प्रयत्नबाट निरुत्साहित गर्दै सबल, समृद्ध, समावेशी र उन्नत नेपाल निर्माण गर्ने कार्यमा क्रियाशील रहन अभिप्रेरणा प्रदान गर्नेछ भन्ने विश्वासका साथ पुनः बधाइ तथा शुभकामना व्यक्त गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ