arrow

गृह जिल्ला झापा पुगेर विश्वप्रकाशले गरे राजनीतिक परिवर्तनको उद्घोष 

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ असोज ३ आइतबार
biswaprakash-sharma.JPG

झापा । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिमा परिवर्तनको खाँचो भएको भन्दै २४ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन् । काँग्रेसको आसन्न १४ औँ महाधिवेशनमा महामन्त्री पदमा आफ्नो उम्मेदवारी दिने घोषणा गरिसकेका शर्माले संविधान दिवसको सन्दर्भमा आइतबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा उक्त कुरा बताएका हुन ।

 "हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन" शीर्षक दिएर २४ बुँदे अवधारणा-पत्र सार्वजनिक गर्दै प्रवक्ता शर्माले आफ्नो गृह जिल्लामा कार्यकर्ता बिच राजनीतिमा परिवर्तन आवश्यक रहेको बताएका छन् ।

शर्माले राजनीतिमा परिवर्तनका लागि एक व्यक्ति चार पटकभन्दा धेरै सांसद बन्न नपाउने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।
आफ्ना बिचार राख्दै उनले भने ‘राष्ट्रपति एक पटकभन्दा दुई पटक बन्न नपाउने व्यवस्था गरौँ , प्रधानमन्त्री जतिसुकै क्षमतावान् भए पनि दुई पटकभन्दा बढी बन्न नपाइने व्यवस्था गरौँ, मन्त्री तीन पटकभन्दा बढी बन्न नपाइने व्यवस्था गरौँ, अनि कसैले बा छाडिदिनुस् न भनेर कसैलाई भन्न जानुपर्ने छैन ।

 कार्यक्रमलाई सम्बोधनका क्रममा प्रवक्ता शर्माले अहिलेको राजनीतिक व्यवस्था ठिक भएको तर अव्यवस्थाको अन्त्यका लागि काम गर्न बाँकी रहेको बताएका छन् । उनले राजनीतिको छविमा पुनर् ताजगीको आकाङ्क्षा अपरिहार्य रहेको बताउँदै, संविधान बनाउनेले संविधानप्रति इमान राख्न सुझाव दिएका छन् ।

 संविधानप्रति विमति लोकतान्त्रिक हक, संविधानसभाको वैधानिकता संविधानको कदर, साझा कर्तव्य, सुशासन, पारदर्शिता र सदाचार, परिवर्तित राजनीतिको मूल संस्कार लगायतका २४ बुँदामा राजनीतिक अवधारणा अघि सारेका छन् ।



नयाँ