arrow

कर्मचारी तन्त्रको सहयोग विना अनियमितता हुन सक्दैन : मुख्यमन्त्री राउत

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ असोज ४ सोमबार
rawat.JPG

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी तन्त्रको सहयोग विना अनियमितता हुनै नसक्ने बताएका छन् । सोमबार प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत प्रादेशिक सुशासन केन्द्रले बर्दिबासमा आयोजना गरेको स्थानीय तहको संस्थागत स्वमूल्याङ्कन सम्बन्धी समीक्षा एवं अनुशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री राउतले जनप्रतिनिधिलाई नियम कानुन बुझाउने जिम्मा समेत स्थायी सत्ता अर्थात् कर्मचारीहरूकै रहेको बताए । प्रदेशमा सुशासन कायम गर्न स्थायी सत्ता इमानदार हुन आवश्यक समेत रहने बताए । कर्मचारी तन्त्रको सहयोग विना अनियमितता हुनै नसक्ने भन्दै मुख्यमन्त्री राउतले जनप्रतिनिधिलाई नियम कानुन बुझाउने जिम्मा समेत स्थायी सत्ता अर्थात् कर्मचारीहरूकै रहेको उल्लेख गरे। 

सुशासन कायम गर्ने पहिलो खुड्किलो स्वमूल्याङ्कन रहेको बोल्दै उहाँले स्वमूल्याङ्कन लाई प्राथमिकतामा राख्न स्थानीय तहका प्रशासकीय अधिकृतहरूलाई निर्देशन समेत दिए । प्रदेशका अधिकांश स्थानीय तहले स्वमूल्याङ्कन नतिजा प्रकाशन गर्न नसकेको तर्फ इङ्गित गर्दै मुख्यमन्त्री राउतले हामी आफ्नो मूल्याङ्कन समेत हामीले गर्न सकी रहेको छैन, कसरी सुशासन सम्भव हुन्छ बताए ।

जनप्रतिनिधिहरू एउटा निश्चित अवधि मात्र रहने तर कर्मचारीहरू लामो समय रहने हुनाले सुशासन कायम गराउने ठुलो दायित्व कर्मचारीहरूकै काँधमा रहेको जानकारी गराए।  प्रदेशमा भ्रष्टाचार अन्तको लागी जनलोकपाल आयोग गठन भैसकेको जानकारी गराउँदै मुख्यमन्त्री राउतले अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही गर्ने अधिकारी आयोगको रहेको हुँदा सचेत रहन आग्रह समेत गरे।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका प्रादेशिक निर्देशक एवं मुख्यमन्त्री कार्यालयका सचिव यम प्रसाद भुसालको अध्यक्षतामा भएको उक्त कार्यक्रम भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ