arrow

टाटा मोटर्सको कार शोरुम नेपालगन्जमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ४ सोमबार
TataMotors-DealerShowroom-Inauguration-Nepalgunj-1.jpg

नेपालगन्ज। भारतको सबैभन्दा ठुलो अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्नो महत्त्वपूर्ण शोरुम नेपालगन्जस्थित सिप्रदीको आधिकारिक डिलर रुद्र प्रिया ईन्टरनेश्नल प्रालिको उद्घाटन गरेको छ। टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले आफ्नो महत्त्वपूर्ण ग्राहकहरूको लागि आधुनिक तथा सुविधा सम्पन्न शोरुम तथा विक्री सेवा सुविधा केन्द्रको नेपालगन्जमा सुरु गरेको हो।

टाटा मोटर्स र सिप्रदी टेडिङ्ग प्रालिको प्रतिबद्धता अनुसार आफ्नो सञ्जाल नेपालभरि फैलाउने क्रममा उक्त सेवा सुविधा केन्द्रको रूपमा खोलिएको जानकारी कम्पनीले दिएको छ।

सामाजिक दुरीको खयाल गर्दै विशेष कार्यक्रम मार्फत प्रमुख अतिथिका रूपमा टाटा मोटर्सका तर्फबाट अजित सिंह, सिप्रदीका तर्फबाट उपाध्यक्ष शौरभ राज थपलियाको सहभागिता थियो।

त्यस्तै विशेष अतिथिका रूपमा नेपालगन्जका मेयर डा.धवल शमशेर राना, सिडिओ शिव राम गेलाल, वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद अन्सारी, एसपी श्याम कृष्ण अधिकारी, आन्तरिक राजस्व विभागका प्रमुख अधिकारी शरद पौडेल, नेपालगन्ज यातायात कार्यालयका प्रमुख अधिकारी पूर्ण खत्रीका साथै सिप्रदी र रुद्र प्रिया ईन्टरनेश्नल प्रालिका कर्मचारीहरूको उपस्थिति थियो।

उक्त कार शोरूममा टाटा मोटर्सका नयाँ बिएस ६ का सम्पूर्ण गाडीहरू उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुनेछ र  हालै मात्र दसैँ तिहार लक्षित नयाँ गाडीहरू खरिद गर्दा विभिन्न उपहार योजनामा सहभागी हुने कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सिप्रदीका अन्य सेवा सुविधा का साथै कुनै सुझाव भएमा टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा पनि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ