arrow

मुस्लिम समुदाय धेरै भएको जिल्लाहरूमा मुस्लिम गणक राख्न आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ४ सोमबार
census-2078_nepal.jpg

काठमाडौं। मुस्लिम आयोग र केन्द्रीय तथ्याङ्क विभागबीच आज ललितपुरमा भएको छलफलमा आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरूमा मुस्लिम गणक राख्न आग्रह गरेको छ । छलफलपछि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गत जनगणनामा कतै मुस्लिम र कतै मुसलमान लेखिएको भन्दै यसलाई मुस्लिममा मात्रै सीमित गर्न तथ्याङ्क विभागसँग आग्रह गरिएको बताए । 

उनले आगामी जनगणनामा मुस्लिम आयोग र तथ्याङ्क आयोगको सहकार्यमा समुदायलाई सचेत गराउन पमप्लेट बाँड्ने जस्ता कार्यमा सहयोग गरेर अघि बढ्ने निर्णय भएको बताए । अध्यक्ष अन्सारीले भने, ‘एउटा हामीले मुस्लिम समुदाय बढी भएको जिल्लामा मुस्लिम नै गणक भयो भने यसले तथ्याङ्क विभागलाई पनि सहज हुन्थ्यो, यथार्थ विवरण सजिलोसँग प्राप्त हुन सक्थ्यो, त्योसँगै पहिला हामीले वेबसाइटमा मुसलमान र मुस्लिम राखिएको पाएका थियौँ।' 

अध्यक्ष अन्सारीले मुस्लिम आयोगले प्रत्येक जिल्लामा एउटा समिति बनाउने र त्यो समितिसँग तथ्याङ्क विभागको टोलीबीच सहकार्य गरेर घरदैलोमा जाने बताए। उनले भने ' तर अबको जनगणनामा मुस्लिम मात्रै राख्न तथ्याङ्क विभागलाई आग्रह गरेका छौँ, यही निर्णय भएको छ, आगामी जनगणनामा मुस्लिम आयोग र तथ्याङ्क विभागको सहकार्यमा पमप्लेट, समुदायलाई सचेत गराउने यी सबै कार्यहरूमा सहकार्य गरेर अघि बढ्ने, अर्को भनेको मुस्लिम आयोगको तर्फबाट एउटा समिति बनाउँछौँ प्रत्येक जिल्लामा, मुस्लिम बाहुल्यता भएको जिल्लामा, त्यो समिति र तथ्याङ्क विभागका टीमबीच सहकार्य गरेर समन्वय गरेर घरदैलोमा जाने त्यसले तथ्याङ्क विभागलाई पनि सहयोग पुग्छ र मुस्लिम समुदायलाई पनि ठुलो सफलता हात लाग्छ ।’

अध्यक्ष अन्सारीले अघिल्लो जनगणनामा अधिकांश बिदेसिएका मुस्लिम युवाहरू छुटेको भन्दै यस पटकको जनगणनामा नछुटाउन आग्रह गरिएको पनि जानकारी दिए । छलफलमा तथ्याङ्क विभागको तर्फबाट उप महानिर्देशक हेमराज गिरी उपस्थित थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ