- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल डेमोक्रेट युनियनले एमसीसी सहयोगबाट नेपाललाई बन्चित गराउन नेपाली कम्युनिष्ट पार्टीहरुले गरिरहेको विरोध राष्ट्रघाती र जनविरोधी अपराध भएको बताएको छ ।
युनियनका अध्यक्ष सिद्धार्थ गौतमले मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसीसीको विरोध गर्ने भनेको देश र जनताको दुस्मनले बाहेक कसैले यस्तो काम गर्न सक्दैन भनेका छन् । युनियनले राष्ट्रघाती कुकर्मको भर्त्सना गर्दै सरकारले छिटो भन्दा छिटो संसदबाट एमसीसी अनुमोदन गराउने भन्ने जोडदार माग गरेको छ ।
‘देशलाई संधै अन्धकार, विपन्नता र विकासहीनताको खाडलमा जाकेर त्यसैका आधारमा राजनीति गर्न पल्केका देशद्रोही कम्युनिस्टहरुले नै अरुण तेस्रो आयोजना रद्द गराएर देशलाई अध्यारोतर्फ धकेलेका थिए । तिनै कम्युनिष्टहरु एमसीसी रद्ध गराएर अहिले पुनः देशलाई अन्धकार र अविकासको खाडलमा जाक्न उद्दत छन्’, विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिस्टहरूको नियत नेपाललाई प्रजातान्त्रिक विश्वको साथ र सहयोगबाट बञ्चित गराएर कम्युनिष्ट मुलुकको आशामुखी बनाउनु रहेको कुरा यस प्रकरणबाट छर्लङ्ग भएको छ । साथ साथै यो काम कम्युनिष्ट चीनको समर्थन, उक्साहट र आर्थिक लगानीमा भइरहेको पनि नेपाली जनता र प्रजातान्त्रिक विश्व समुदायले बुझिसकेका छन् ।’
युनियनले भनेको छ,‘नेपाली कम्युनिष्ट र तिनका बिदेशी मालिकहरुलाई तत्काल यो षड्यन्त्र बन्द गर्न चेतावनी दिन चाहन्छ । अन्यथा नेपाली जनता र प्रजातान्त्रिक विश्व समुदायले उनीहरुलाई माफी दिने छैनन् र उनीहरुले यसको महङ्गो मूल्य चुकाउनुपर्ने छ ।’