arrow

दसैँमा डिजिटल वालेटबाट हवाई टिकट खरिद गर्दा एक हजार रुपैयाँसम्म 'क्यासब्याक'

डिजिटल वालेटबीच प्रतिस्पर्धा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ५ मंगलबार
Digital-Wallet.jpg

काठमाडौं । भुक्तानी सेवा प्रदायक डिजिटल वालेटहरूले आन्तरिक हवाई टिकट खरिद गर्दा आकर्षक'क्यासब्याक' उपलब्ध गराउँदै आएका छन् । दसैँ तिहार सुरु भएसँगै सहरबाट गाउँ जान हवाई टिकट खरिद गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ ।  

यस्तोमा घरमै बसेर डिजिटल वालेटबाट टिकट खरिदा गर्दा ग्राहकले'क्यासब्याक' पाउन सक्ने छन्, भने कतिपयले निःशुल्क टिकट पाउन सक्ने छन् ।

नेपाली बजारहरूमा डिजिटल वालेटहरूको आन्तरिक प्रतिस्पर्धाले उपभोक्ताहरू लाभान्वित भइरहेका छन्। यसरी प्रतिस्पर्धामा रहेका वालेटहरूले क्यासब्याकदेखि सित्तैमा उपहारको योजनाहरू ल्याइरहँदा उपभोक्ताहरूले आफू अनुकूलको वालेट छान्ने र आफूलाई लाभदायक वालेटहरू प्रयोग गरिरहेका छन्। 

घरमै बसेर डिजिटल वालेटहरूबाट टिकट खरिद गर्दा झन्डै एक हजार रुपैयाँसम्मको क्यासब्याक सेवाग्राहीहरूले पाउने छन् । खास गरी सेल पे, ई सेवा, आईएमई र खल्तीपेले विभिन्न एयरलाइन्सको टिकट खरिद गर्दा क्यासब्याक उपलब्ध गराइरहेका छन् ।

यी चार वटै डिजिटल वालेटबाट बुद्ध एयरलाइन्स, यति, गुण, र श्री एयरलाइन्सलगायतको टिकट खरिद गर्दा सेवाग्राहीले क्यासब्याक पाउनेछन् ।

सेल पेले हवाई टिकटमा एक हजार रुपैयाँसम्मको क्यासब्याकसँगै अन्य अफरहरू उपलब्ध गराइरहेको कम्पनीकी मार्केटिङ एक्जक्युटिभ तपस्या श्रेष्ठले बताइन् । यस्तै टिकट खरिद गर्नेमध्ये २ जनाले पुरै रकम फिर्ता पाउने अफर समेत सेल पेले ल्याएको छ। जुन २५ सेप्टेम्बरसम्म मान्य हुनेछ । सेल पेले आफ्ना ग्राहकहरूका लागि समय समयमा विभिन्न किसिमका अफरहरू ल्याउँदै आएको छ ।

यस्तै, आईएमई पेले पनि आन्तरिक हवाई टिकटमा दुरी एवं टिकटको शुल्कका आधारमा आकर्षक क्यासब्याक उपलब्ध गराइरहेको कम्पनीकी सिनियर मार्केटिङ अफिसर प्रियङ्का चौधरीले बताइन् । आईएमई पेले यसबाहेकका अन्य अफरहरू समेत ग्राहकलाई उपलब्ध गराइरहेको छ ।

यस्तै ई सेवाले पनि आन्तरिक हवाई टिकट खरिद गर्दा ग्राहकहरूलाई क्यासब्याक उपलब्ध गाइरहेको छ ।

अर्को, भुक्तानी सेवा प्रदायक डिजिटल वालेट खल्तीले १ रुपैयाँमा एक जनालाई आउँदो अक्टोबर ४ सम्म दैनिक हवाई टिकट उपलब्ध गराउने आकर्षक अफर ल्याएको छ । 

यसबाहेक कम्पनीले हवाई टिकट खरिदमा ८ सय रुपैयाँसम्मको क्यासब्याक अफरसमेत ल्याएको कम्पनीका बिजनेस डेभलपमेन्ट म्यानेजर जोनाम भुर्तेलले बताए ।

चारवटा वालेटहरूको क्यासब्याक अफर हेर्दा सेल पे अग्रस्थानमा रहेको छ। सेल पेले एक हजार रुपैयाँसम्म क्यासब्याकको अफर ल्याएको छ। नेपाली बजारमा 'डिजिटल वालेट'हरू बढ्ने क्रममा रहेका छन्। सबै वालेटहरूले आफ्ना ग्राहकहरूलाई आकर्षित गर्न विभिन्न उपहार र विशेष गरी क्यासब्याक योजना ल्याउने गरेका छन्। 

काेभिड-१९काे महामारीका बेला कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बच्न घरमै बसेर यस्ता डिजिटल वालेटबाट टिकट खरिद गर्न सकिन्छ । यससँगै राम्रो क्यासब्याक एवं अफर अवधिसम्म निःशुल्क टिकट समेत प्राप्त गर्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ