arrow

परराष्ट्रमन्त्रीमा डा.नारायण खड्का नियुक्त, शपथपछि साँझ न्यूयोर्क प्रस्थान गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
naryan-khada.JPG

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा.नारायण खड्कालाई नियुक्त गरेका छन्। देउवाले बुधबार बिहान डा.खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

डा.खड्का निकट विद्यार्थी नेता लिला भट्टराईका अनुसार परराष्ट्रमन्त्रीमा डा.खड्का नियुक्त भइसक्नु भएको र राष्ट्रपतिसँग शपथको समय मागिएको छ ।

डा.खड्काले बुधबार नै शपथ लिने र साँझ ८ बजेको उडानमार्फत न्यूयोर्क जाने तयारी भइरहेको भट्टराईले जानकारी दिए । खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको जानकारीसहितको पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको सचिवालयले जनाएको छ । संभवत दिउँसो १ बजे शपथको कार्यक्रम रहनेछ ।

मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले परराष्ट्र मन्त्रालय कांग्रेसलाई दिने सहमति गरेको थियो । बैठकमा प्रधानमन्त्री देउवाले डा.खड्काको नाम प्रस्ताव गरेका थिए । परराष्ट्रमन्त्रीमा शपथ लिए लगत्तै खडका संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ