कोरोना अपडेट : १,४७८ जना संक्रमित थपिए, १,६३० निको भए
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
1.8k
Shares
काठमाडौँ। पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७८ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ८७ हजार ८ सय २७ जनामा र एन्टिजेन विधिबाट ८९ हजार ६ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसै समयावधिमा १ हजार ६ सय ३० जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ५५ हजार ६ सय ३० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ९ सय ३० जनाको नमुना परीक्षण गरिएको छ । हाल ३ सय ३४ जनाको आइसियु र १ सय १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या २१ हजार १ सय ३९ रहेको छ ।