arrow

माछापुच्छ्रे बैङ्कको १४ प्रतिशत लाभांश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
machhapuchhre-bank-mbl-head-office.jpg
फाइल तस्बिर

काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडको असोज ६ गते बसेको सञ्चालक समितिले गत आर्थिक वर्ष (२०७७-७८) को खुद मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पुँजीको १४ प्रतिशत रु. १,२६७,४३२,६३२ लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ।

उक्त लाभांश अन्तर्गत बैङ्कले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) नेपाल राष्ट्र बैङ्कको स्वीकृति एवं आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात् वितरण गर्ने निर्णय गरेको बैङ्कले जनाएको छ।

बैङ्कले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो। बैङ्कको चुक्ता पुँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ सञ्चित छ।

माछापुच्छ्रे बैङ्क लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कञ्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ वटा शाखाहरू र १७५ शाखारहित बैङ्किङ सेवा, ७ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा ३४४ स्थानबाट १० लाख भन्दा बढी ग्राहकहरूमा सम्पूर्ण बैङ्किङ सुविधा प्रदान गरिरहेको छ। साथै, बैङ्कको देशभर २०३ वटा एटिएमहरू सञ्चालनमा रहेको छन्।



नयाँ