arrow

स्थायी समितिमा प्रचण्डको ‘ब्रिफिङ’: बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
prachanda-puspa-kamal-dahal-maoist.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बुधवार बसेको स्थायी समिति बैठकमा ‘ब्रिफीङ’ गर्दै उनले भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । 

बैठकमा अध्यक्ष दाहाललेराजनीतिक दलसम्बन्धी अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा केही ढिलाइ भएको जानकारी गराएको थियो । वर्तमान सरकार गठन भएको लामो समय भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारको काम कारबाहीमा समस्या आएको बताइएको छ । 

राजनीतिक दलसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बिहीबार संसद्मा प्रतिस्थापन विधेयक पेस गर्ने सरकारले तयारी गरेको प्रवक्ता महराले जानकारी दिए । “भोलि संसद् बस्दै छ, बुधवार पाँच दलको बैठक छ, त्यसपछि टुङ्गो लाग्छ ।” बैठकले केन्द्रीय कार्यालय सचिवमा डोरप्रसाद पौडेललाई नियुक्त गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ