arrow

टाटा कमर्शियल गाडीहरूका लागि “शुभकामना सर्भिस क्याम्प” असोज २० सम्म

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
sipradi-service-camp-2078.jpg

काठमाडौँ। आफ्ना ग्राहकलाई लक्षित गरी दशैको कामना साथमा  सिप्रदी ट्रेडिङले प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले आयोजना गरेको “टाटा मोटर्स  शुभकामना सर्भिस क्याम्प ” २०७८ असोज ४ देखी असोज २० गतेसम्म आयोजना गरिरहेको छ। सिप्रदीका ५२ वटा सर्भिस सेन्टरहरूमा एकैसाथ आयोजना भइरहेको यो क्याम्प सम्पूर्ण टाटा कमर्शियल गाडीहरू लक्षित गरिएको कम्पनीले जनाएको छ।

उक्त अवधिभर टाटा कमर्शियल गाडीका ग्राहकहरूले टाटा जेन्यूइन स्पेयर पार्टस् मा १‍० प्रतिशत, ब्रेक आइटममा १५ प्रतिशत,  ल्युब्रिकेंट्समा १५ प्रतिशत छुट गरेको छ। 

त्यस्तै अन्य ल्युब्रिकेंट्स हरूमा हाइड्रोलिक आयल, ब्रेक आलय, कल्च आलय, कुलेन्ट तथा डिही एफ मा २० प्रतिशत र एक्साइड ब्याट्रीमा २० प्रतिशत छुटको साथमा एक्सचेन्ज सुविधा सर्भिस क्याम्पको आकर्षण रहेको छ।

यसको साथै यो क्याम्पमा टाटा गाडी सम्बन्धी अनलाइन परामर्श, चालक प्रशिक्षण कार्यक्रम तथा भाग्यशाली ग्राहकहरूले बम्पर पुरस्कारमा स्मार्ट मोबाइल, स्मार्ट टिभी, फ्रिज, वासिङ्ग मशिन आदि जित्ने सुवर्ण अवसर रहेको छ।

साथै लामो समय देखी चल्न नपाएका लामो दुरीका बस तथा स्कुल बसहरूको विशेष चेक जाँच गरी दिने व्यवस्था पनि रहेको। यो क्याम्पमा सहभागी भएर आफ्नो टाटा कमर्शीयल गाडीको चेक जाँच गराएर क्याम्पको भरपुर फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ।

“टाटा मोटर्स  शुभकामना सर्भिस क्याम्पमा सर्भिस बुकिङको लागि ९८०१२२३३४४ मा मिसकल गर्न सक्नु हुनेछ। अन्य जानकारीका लागि सिप्रदीको टोल फ्री नम्बरमा १६६००१५५७७७ (एनटिसी) वा ९८०१५७५७७७ (एनसेल) मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ