arrow

सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रिमण्डल विस्तार र दलसम्बन्धी अध्यादेशबारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
sattarud-gatbandan.jpg

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले विहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयलाई प्राथमिकता दिएको छ । विशेषत बैठकले मन्त्रालयको भागबन्डा मिलाउने अन्तिम कसरत गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ ६ बजेपछि बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठक मन्त्रालय भागबन्डाका विषयमा सहमति नजिक आएको हो । बालुवाटार स्रोतका अनुसार सरकारलाई सहयोग गर्न बनेको कार्यदलले सहमतिको खाका शीर्ष नेताहरुलाई बुझाइसकेकाले मन्त्रालयको भागबन्डा लगभग मिलिसकेको छ ।

कार्यदलले मंगलबार भएको शीर्ष नेताबीचको छलफलमा लगभग मन्त्रालयको भागबन्डाको विषयमा सहमति जुटेको र त्यसबारे शीर्ष नेताहरुलाई ब्रिफिङ गरिएकोकाले मन्त्रालयको भागबन्डामा सहमति भएको स्रोतको दाबी छ ।

त्यस्तै बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा पनि छलफल भएको छ । यसअघि मंगलबार बसेको सत्तारुढ गठबन्धन बैठकले परराष्ट्रमन्त्री कांग्रेस नेता डा.नारायण खड्कालाई बनाउने सहमति गरेको थियो ।

बुधबार साँझको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का, माओवादीका नेता नारायणकाजी श्रेष्ठ र कानुनमन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ