- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसको संक्रमणमा प्लाज्मा थेरापीको प्रभाव निकै कम भएको पाइएको छ । यसले प्रभाव भन्दा पनि असर बढाएको दाबी गरिएको छ । एक अध्ययनका अनुसार प्लाज्मा थेरापीबाट कोरोना संक्रमितलाई कुनै फाइदा नपुग्ने दाबी गरिएको छ ।
यो थेरापीका कारणले संक्रमित थप गम्भीर भएर ज्यानैसमेत जाने गरेको पाइएको हो । प्लाज्मा थेरापीमा संक्रमित बिरामीलाई कोरोना जितेको व्यक्तिको प्लाज्मा दिने गरिन्छ ।
कोरोनाको दोस्रो लहरको बीचमा अक्सिजन, अस्पतालमा बेडसँगै प्लाज्माको माग पनि बढेको थियो । तर क्यानाडाको यो अध्ययनले भने सबैको सात्तो लिएको छ ।
नेचर जर्नलको यो ‘अस्पतालमा भर्ना भएका कोरोना संक्रमितका लागि प्लाज्मा थेरापी’ नाममा गरिएको अध्ययनमा ९४० संक्रमितलाई समावेश गरिएको थियो । उनीहरुको अस्पतालमा उपचार चलिरहेको थियो ।
प्लाज्मा थेरापी लिएका ३३.४ प्रतिशत बिरामीले गम्भीर समस्याको सामान गर्नु परेको थियो । जस्तो कि अक्सिजनको लेभल घट्नु, स्वास लिन कठिन हुने ।
जसलाई प्लाज्मा थेरापी दिइएन उनीहरुमध्ये २६.४ प्रतिशतलाई समस्या भयो । ३० दिनसम्म चलेको अध्ययनमा जसले प्लाज्मा थेरापी लिए उनीहरुको मृत्युको आँकडा २३ प्रतिशत थियो ।
जसलाई प्लाज्मा थेरापी दिइएन तिनीहरुमध्ये २०.५ प्रतिशतले मात्र ज्यान गुमाए ।
कोरोना भएको पत्तो लागेको ८ दिनपछि सबैलाई प्लाज्मा दिइएको थियो ।