arrow

९ जिल्लामा पाँच सय भन्दा बढी संक्रमित, देशभर १३ जनाको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
corona-variant.jpg

काठमाडौँ । नेपालका नौ जिल्लामा पाँच सय भन्दा बढी कोरोना भाइरस संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिले पाँच सय  भन्दा बढी संक्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की र रुपन्देही छन् । साथै २०० भन्दा बढी संक्रमित भएका जिल्ला २० छन् ।  

त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ७२ जनाको निधन भइसकेको छ । पछिल्लो २४ घण्टामा एक हजार २३९ संक्रमित थपिएका छन् ।  १५ हजार २४३ नमुना परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो । नेपालमा संक्रमण दर १९.१ प्रतिशत छ । योसँगै हाल देशभर सक्रिय संक्रमित २० हजार ७४३ जना छन् । 

पछिल्लो २४ घण्टामा एक हजार ३२४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कूल सङ्ख्या सात लाख ५६ हजार ९५४ पुगेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६ प्रतिशत छ । 

 हाल देशभर ३४० सघन उपचार कक्ष, १११ भेन्टिलेटर, १९ हजार ४३७ होम आइसोलेसन, एक हजार ३३४ संस्थागत आइसोलेसन र २४६ जना क्वारेनटिनमा छन् । बिहीबार एक लाख ३८ हजार ३८५ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा ६२ लाख ९३ हजार ८९ र पूर्ण मात्रा ५८ लाख ६० हजार ९२९ जनाले लगाइसकेका छन् ।



नयाँ