arrow

ग्राहकहरूको लागि लुमिनसले ल्यायो डबल खुसीयाली अफर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
luminous-dashain-offer.gif

काठमाडौँ। नेपालको लागि लुमिनस पावर ब्याकअप र सोलार सोलुसनको आधिकारिक बिक्रेता अमट्रेड प्रालिले हालै चाडपर्वको अवसरमा लुमिनस डबल खुसीयाली अफरको घोषणा गरेको छ। यस अफर अन्तर्गत ग्राहकहरूले लुमिनस ब्रान्डको नयाँ ब्याट्री खरिद गर्दा लक्की ड्रमा सहभागी हुन पाउने छन् र यसको साथै ग्राहकहरूले नयाँ लुमिनस ब्याट्री सँग कुनै पनि ब्रान्डको पुरानो ब्याट्री एक्सचेन्ज गरी ब्याट्रीको अधिकतम खुदरा मूल्य–एमआरपी रकममा ५० प्रतिशत छुट सम्म पाउन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार लक्की ड्र र एक्सचेन्ज अफर लुमिनस ब्याट्रीहरू (१०० एएच देखि २२० एएच) का रेन्जहरूमा लागू हुनेछ र ग्राहकहरूले उही ब्याट्री एएचसँग एक्सचेन्ज गर्नुपर्ने हुनेछ। यो योजना २२ सेप्टेम्बर देखि २२ नोभेम्बर २०२१ सम्म लुमिनस र अमट्रेड प्रालिको सीमित अधिकारकी डिलर आउटलेटहरूमा मात्र लागु रहने छ।

कम्पनीले यस लक्की ड्रका विजेताहरूको घोषणा २०२१ डिसेम्बरको पहिलो हप्तामा लुमिनस नेपालको फेसबुक पेजबाट लाइभ गरिने र कम्पनीको वेबसाइट amtrade.com.np मा सूचित गरिने बताएको छ।

यस लक्की ड्र योजनामा कुल पाँच जना भाग्यशाली विजेताहरू हुने छन्। लक्की ड्र मा पहिलो पुरस्कारका रूपमा सामसङको ५५ इन्च स्मार्ट टिभी रहेको छ भने दोस्रोमा वनप्लस नोर्ड स्मार्टफोन, तेस्रोमा हुवावे जीटी टु प्रो स्मार्ट वाच, चौथोमा सामसङको २१ लिटर कंवेक्शन माइक्रोवेभ ओवन र पाँचौँ पुरस्कारमा सामसङको ग्यालेक्सी ट्याब्लेट ए७ लाइट रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ